लन्डन । एसियन महिला एसोसिएसन (आमा) का पदाधिकारीहरुले क्यान्सर रिसर्च यूकेको च्यारिटी दौड ‘रेस फर लाइफ’ मा सहभागी भएर आर्थिक सहयोग गरेका छन् ।
आमाकी अध्यक्ष अमिता बेल्वासेको नेतृत्वमा उक्त दौडमा आमाका अन्य पदाधिकारीहरु उपाध्यक्ष विभा गुरुङ, महासचिव कल्पना गुरुङ, प्रवक्ता रोजिना प्रधान राई, निवर्तमान अध्यक्ष अम्बिका खड्का, सृजना पौडेल, सन्जु रायमाझी श्रेष्ठ, कल्पना चेम्जोङ, दुर्गा पुन, रमा बानिया, विश्व लक्ष्मी थापा, मिना राउत, मन्जु सापकोटा, लक्ष्मी कुंवर, करेन लिम्बु, कल्पना गुरुङ लगायत सहभागी थिए ।
उक्त संस्था तीन वर्ष देखि दौडमा सहभागी हुंदै आएको छ । ‘हामी नेपाली समुदायका तर्फबाट समेत प्रतिनिधित्व गरेर क्यान्सर विरुद्धको लडाईंमा साथ रहेको सन्देश दिएका हौं’, अध्यक्ष अमिता बेल्वासेले बताइन् ।
एसियन महिला एसोसिएसनले प्रत्येक वर्ष तीज कार्यक्रम गरि कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त