लन्डन । एसियन महिला एसोसिएसन (आमा) का पदाधिकारीहरुले क्यान्सर रिसर्च यूकेको च्यारिटी दौड ‘रेस फर लाइफ’ मा सहभागी भएर आर्थिक सहयोग गरेका छन् ।
आमाकी अध्यक्ष अमिता बेल्वासेको नेतृत्वमा उक्त दौडमा आमाका अन्य पदाधिकारीहरु उपाध्यक्ष विभा गुरुङ, महासचिव कल्पना गुरुङ, प्रवक्ता रोजिना प्रधान राई, निवर्तमान अध्यक्ष अम्बिका खड्का, सृजना पौडेल, सन्जु रायमाझी श्रेष्ठ, कल्पना चेम्जोङ, दुर्गा पुन, रमा बानिया, विश्व लक्ष्मी थापा, मिना राउत, मन्जु सापकोटा, लक्ष्मी कुंवर, करेन लिम्बु, कल्पना गुरुङ लगायत सहभागी थिए ।
उक्त संस्था तीन वर्ष देखि दौडमा सहभागी हुंदै आएको छ । ‘हामी नेपाली समुदायका तर्फबाट समेत प्रतिनिधित्व गरेर क्यान्सर विरुद्धको लडाईंमा साथ रहेको सन्देश दिएका हौं’, अध्यक्ष अमिता बेल्वासेले बताइन् ।
एसियन महिला एसोसिएसनले प्रत्येक वर्ष तीज कार्यक्रम गरि कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय