लन्डन । इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स् फेडेरेसनको आयोजनामा शुक्रबारदेखि यहां शुरु १६ औं विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत म्याराथनमा भाग लिन नेपाली खेलाडी लन्डन आइपुगेका छन् ।
धावक भूमिराज राई नेपाल एथलेटिक्स एसोसिएसनका महासचिव सुनील राजवंशीका साथ लन्डन आएका हुन् । ६ अगष्टमा लन्डनमा हुने फूल म्याराथन (४२.१९५ किमी) मा राईले प्रतिष्पर्धा गर्नेछन् । ‘तयारी राम्रो छ, आशा छ आफ्नो रेकर्ड तोड्नेछु’, राईले लन्डन उत्रिएपछि कान्तिपुरसंग भने । दशकयताको करिअरमा नेपालमा ५ पटक नेशनल च्याम्पियन भइसकेका राईको यसअघिको कीर्तिमान २ घण्टा २० मिनेट ४४ सेकेन्ड छ । उनी नेपाल पुलिस क्लबमा आवद्ध छन् ।
उक्त म्याराथनमा ५४ देशका एकसय सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
राईसंगै आएका राजवंशीले क्वालिफाइङ टाइम बिट गराएर आगामी विश्व च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गराउने आफूहरुको टार्गेट रहेको बताए ।
हरेक दुई वर्षमा हुने विश्व एथलेटिक्स च्याम्पियनसीप यसपटक लन्डन ओलम्पिक स्टेडियममा भइरहेको छ जसमा कुल ४८ इभेन्ट हुनेछन् । प्रतियोगिता ४ देखि १३ अगष्टसम्म सञ्चालन हुनेछ ।
यसैबीच, नेपालबाट आएका खेलाडी र अफिसियलको सम्मानमा लन्डनस्थित माया पबमा सोमबार एक समारोह गरिने भएको छ । युवाहरु सन्तोष राई र सिद्धार्थविक्रम क्षेत्रीले स्वागत तथा सम्मान कार्यक्रम गर्न लागेका हुन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता