
लुसाका (जाम्विया) १९ साउन । जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ । विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तवार्ता दिइरहेका वेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
सादा पोशाकमा आएका प्रहरीले उहाँलाई पक्राउ गरेको उहाँको पार्टी युपीपीले पुष्टि गरेको छ ।
पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भएपनि अहिले सम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिनुभयो ।
प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङगोले पनि उहाँलाई पक्राउ गरिएको पुष्टि गरेपनि अन्य जानकारी दिन भने अस्विकार गर्नुभयो ।
‘उहाँलाई हामीले ल्याएका हौं, तर अरु विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन’, कातोङगोले भन्नुभयो ।
प्रहरीद्धारा पक्राउमा पर्नुभएका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङगु नेतृत्वको सरकारका खरो आलोचक हुनुहुन्छ भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गर्नुभएको छ ।
नेता चिसिम्बाले हालै मात्र ‘हाम्रो पैसा फिर्ता देउ’ नामक पुस्तक प्रकाशित गर्नु भएको थियो । सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन् त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ । सरकार विरोधी अभियानकै कारण उहाँलाई केहीदिनदेखि सुरक्षाकमीले पछ्याईरहेका थिए ।
अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्धा लगाई पक्राउ गरिएको थियो ।
राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिनुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा