लन्डन । गुल्मी जिल्ला समाज यूकेको कार्यक्रममा सहभागी हुन दुई गुल्मेली कलाकार बिहीबार सांझ लन्डन आइपुगेका छन् ।
यही अगस्ट ६ तारिख अल्डरसटमा हुन लागेको समाजको दशौं वार्षिक भेटघाट कार्यक्रमका लागि गुल्मेली कलाकारहरु गायक सन्तु थापा र गायिका रुपा घर्तीमगर बेलायत आएका हुन् ।
ति कलाकारलाई स्वागत गर्न समाजका अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, उपाध्यक्ष टोप पल्ली, महासचिव शिव भण्डारी, सचिव वीर बलाल, सह कोषाध्यक्ष राम सापकोटा, ज्ञान छन्त्याल, हेमन्त थापा लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
सोही कार्यक्रमका लागि युरोपबाट दोहोरी गायक बलराम पुनसमेत सहभागी हुने कार्यक्रम छ । हाल बेलायतमै रहेका जमुना राना र राजु ढकालले समेत आफ्नो कला प्रस्तुत गर्नेछन् ।
समाजका महासचिव शिव भण्डारीका अनुसार, अल्डरसटस्थित कन्नट स्कुल मैदानमा हुने कार्यक्रमको तयारी तीव्र भइरहेको छ । उक्त कार्यक्रम संयोजन समाजका उपाध्यक्ष टोप पल्ली तथा सहसंयोजन सचिव वीर बलालले गर्ने छन् ।
कार्यक्रममा बीबीक्यू, भलिबल प्रतियोगिता र प्रथम नौमति बाजाको विशेष प्रस्तुति समावेश हुनेछन् । मध्यान्ह १२ बजे शुरु हुने कार्यक्रम सांझ ७ बजे सम्म चल्ने उक्त कार्यक्रमलाई बेलायतवासी गुल्मेलीले पर्वकै रुपमा मनाउने गर्छन् ।
कार्यक्रममा प्रवेश शुल्क १३ पाउण्ड छ भने ६ देखि १२ वर्ष सम्मका बालबालिकाका लागि ७ पाउण्डमात्र शुल्क राखिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल