
बर्लिन (जर्मनी), १८ साउन । जर्मनीका जनतामा आतंकवादी आक्रमणभन्दा पनि जलवायु परिवर्तनको चिन्ता धेरै रहेको एक सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागीमध्ये झण्डै ७१ प्रतिशत जनतालाई सबैभन्दा ठूलो डर जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावहरूको रहेको पाइएको हो ।
स्थानीय सञ्चार माध्यमहरूले मंगलबार उल्लेख गरेका विवरणहरूमा जलवायु परिवर्तनको विषयमा चिन्ता लिनेभन्दा आतंकवादी आक्रमणको विषयमा चिन्ता लिनेहरू कम देखिएका छन् । उनीहरूमध्ये ६३ प्रतिशतमा मात्रै आतंकवादी आक्रमणको डर बढी देखिएको छ ।
कान्तार इम्नीड इन्स्टिच्युडले एक हजार जनामा गरेको सर्वेक्षणका क्रममा “तपाईको सबैभन्दा ठूलो डर के हो ?” भनेर सोधिएको थियो । सर्वेक्षणको प्रतिवेदन ‘डेरवेष्ट’ नामक समाचारमूलक अनलाइनमा प्रकाशित भएको थियो ।
जलवायु परिवर्तन र आतंककारी आक्रमण बाहेक ६५ प्रतिशतलाई अर्को विश्वयुद्धको डर रहेछ भने ६२ प्रतिशतलाई कुनै आपराधिक घटनाको सबैभन्दा बढी डर हुदो रहेछ ।
सर्वेक्षणमा सहभागीमध्ये आधाभन्दा कम अर्थात् ४५ प्रतिशतमा शरणार्थी भएर बसाई सर्नु पर्ने हो की भन्ने विषयमा सबैभन्दा ठूलो चासो र चिन्ता भएको पाइएको छ ।
सर्वेक्षणले जनतामा सबैभन्दा बढी चासो जलवायु परिवर्तनले पार्ने प्रभावमा देखाएको छ भने आतंकवादी आक्रमण, विश्व युद्ध र अपराधमा पनि धेरै जनताको डर त्रास रहेको पुष्टि गरेको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’