
बर्लिन (जर्मनी), १८ साउन । जर्मनीका जनतामा आतंकवादी आक्रमणभन्दा पनि जलवायु परिवर्तनको चिन्ता धेरै रहेको एक सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागीमध्ये झण्डै ७१ प्रतिशत जनतालाई सबैभन्दा ठूलो डर जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावहरूको रहेको पाइएको हो ।
स्थानीय सञ्चार माध्यमहरूले मंगलबार उल्लेख गरेका विवरणहरूमा जलवायु परिवर्तनको विषयमा चिन्ता लिनेभन्दा आतंकवादी आक्रमणको विषयमा चिन्ता लिनेहरू कम देखिएका छन् । उनीहरूमध्ये ६३ प्रतिशतमा मात्रै आतंकवादी आक्रमणको डर बढी देखिएको छ ।
कान्तार इम्नीड इन्स्टिच्युडले एक हजार जनामा गरेको सर्वेक्षणका क्रममा “तपाईको सबैभन्दा ठूलो डर के हो ?” भनेर सोधिएको थियो । सर्वेक्षणको प्रतिवेदन ‘डेरवेष्ट’ नामक समाचारमूलक अनलाइनमा प्रकाशित भएको थियो ।
जलवायु परिवर्तन र आतंककारी आक्रमण बाहेक ६५ प्रतिशतलाई अर्को विश्वयुद्धको डर रहेछ भने ६२ प्रतिशतलाई कुनै आपराधिक घटनाको सबैभन्दा बढी डर हुदो रहेछ ।
सर्वेक्षणमा सहभागीमध्ये आधाभन्दा कम अर्थात् ४५ प्रतिशतमा शरणार्थी भएर बसाई सर्नु पर्ने हो की भन्ने विषयमा सबैभन्दा ठूलो चासो र चिन्ता भएको पाइएको छ ।
सर्वेक्षणले जनतामा सबैभन्दा बढी चासो जलवायु परिवर्तनले पार्ने प्रभावमा देखाएको छ भने आतंकवादी आक्रमण, विश्व युद्ध र अपराधमा पनि धेरै जनताको डर त्रास रहेको पुष्टि गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने