फ्र्यांकफर्ट (जर्मनी)—प्रवासी पत्रकारिताको सम्भावना र चुनौतीबारे जर्मनीको फ्र्यांकफर्टमा छलफल भएको छ। युरोपबाट सञ्चालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमको तेस्रो वार्षिकोत्सव अवसर पारेर सो विषयमा प्यानल छलफल भएको हो।
प्रवासमा रहेर अप्ठ्यारा परिस्थिति झेल्दै नेपाली पत्रकारितालाई निरन्तरता दिइरहेको सहभागीले बताएका थिए। बीबीसी नेपाली सेवाका भगिरथ योगीले प्रवास पत्रकारिताका सम्भावना र चुनौतीमाथि प्रस्तुति दिएका थिए। सूचना प्रविधिसँगै पत्रकारितामा आएको परिवर्तन र त्यसका सकारात्मक र नकारात्मक पक्षबारे बहस भएको कार्यक्रमका सहभागीले अनलाइनहरुको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका थिए।
छलफलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछाने, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीबीसी नेपाली सेवाका भगिरथ योगी, अनलाइनखबर डटकमका सम्पादक अरुण बराल र लन्डनबाट कलम चलाउने पत्रकार चिरन शर्मा सहभागी थिए।
खड्का र राजभण्डारी सम्मानित
नेपालीनेपालीका प्रधान सम्पादक बसन्त रानाभाटले अध्यक्षता गरेको कार्यक्रममा बीबीसी नेपाली सेवाका पत्रकार नवीन सिं खड्कालाई सम्मानित गरिएको थियो। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुरयाएको योगदानको कदर गर्दै मिडियाले खडकालाई सम्मान गरेको हो।
बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियोमा प्रकाशित-प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए। गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर उनले रिपोर्ट गरिसकेका छन्।
नेपालीनेपालीले प्रत्येक वर्ष प्रदान गर्ने युरोप वर्ष व्यक्तित्वबाट सपीला राजभण्डारी सम्मानित भइन्। एक दशकभन्दा लामो समयदेखि गैरआवासीय नेपाली अभियानमा सक्रिय उनलाई महिला सशक्तिकरणमा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिइयो।
स्पेनको बार्सिलोना आधारित भएर सञ्चालित नेपालीनेपाली डटकम युरोप क्षेत्रको नेपाली भाषाको अनलाइन हो। प्रमुख अतिथिको रुपमा सहभागी जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले उनलाई सम्मान गरेका थिए।
एनआरएनका तीन खम्बा महतो, घले र लामिछानेले गरे प्रंशसा
गैर आबासीय नेपाली संघका अभियन्ताहरुले नेपालीनेपाली डटकमले युरोपको नेपाली समुदायमा योगदान पुरयाएको भन्दै प्रंशसा गरेका छन्। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान अध्यक्ष शेष घले तथा पूर्व अध्यक्ष जीवा लामिछानेले कार्यक्रममा सम्बोधन गर्दै अनलाईन मिडियाबारे चर्चा गरेका हुन्।
एनआरएनको नेतृत्व लिई सकेका तीन अभियन्ताहरु डायस्पोराबाट संचालित मिडियाको कार्यक्रम सहभागी बनेको सम्भवत यो पहिलो पटक हो। कार्यक्रममा संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा, बरिष्ट अधिबक्ता बिश्वकान्त मैनाली, केन्द्रिय उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, संघका सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपीला राजभण्डारी,उप संयोजक रजनी प्रधान, युवा उप संयोजक लोकराज शर्मा, संघका प्रबक्ता रन्जु थापा वाग्ले, युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरु सहभागी थिए।
कार्यक्रमको पहिलो सत्रमा नेपाली भाषा र संस्कृतिको बिषयमा छलफल भएको थियो। युरोपमा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन गरिएको प्रयासबारे मिडियाले बिशेष भिडियो रिपोर्ट प्रस्तुत गरेको थियो।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल