
इश्लामावाद (पाकिस्तान), १७ साउन । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।
पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले गत शुक्रबार राजीनामा दिनुभएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा आज निर्वाचन भएको थियो ।
अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो ।
प्रधानमन्त्रीका लागि विभिन्न छ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उहाँको प्रतिस्पर्धि रहनु भयो । कमारले जम्मा ४७ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गर्नुभएको थियो भने जमाते ए इश्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा चार मत प्राप्त गर्नुभएको थियो ।
शरीफले आफ्नै भाई शहवाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उहाँको पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शहीद खकान अब्बासीलाई अघि सारेको छ । शहवाज नेशनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उहाँको ठाउँमा प्रधानमन्त्री बनाई सरीफका भाई शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ ।
अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उहाँलाई प्रतिपक्षी दलका सदस्यलेसमेत बधाई दिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा