एनआरएनए यूके अध्यक्ष गुरुङले आइसीसी कोषाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबरमा हुने निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।

जर्मनीमा एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सकेर यूके फर्किए लगत्तै गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । विश्वभरका गैर आवासीय नेपालीको जमघट रहेको उक्त सम्मेलनमा उनले ‘ग्रीन सिग्नल’ पाएर उम्मेदवारी दिन जोसिएको कतिपयको अनुमान छ ।

तमुधिं यूकेका पूर्व अध्यक्ष गुरुङ तमुधिं यूकेमा कोषाध्यक्ष, उपाध्यक्ष भएर झण्डै ९ वर्ष काम गरिसकेका छन् ।

ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङको सन् १९९० यता बेलायतमा स्थायी बसोवास छ । उनको ट्राभल र प्रोपर्टी व्यवसाय छ ।

सामाजिक अभियन्ता गुरुङ अति मिलनसार, इमान्दार र कर्तव्यनिष्ठ मानिन्छन् । उनलाई आफ्नो कार्यकालमा धमिलिएको एनआरएनए यूके साख स्वच्छ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ‘क्रेडिट’ दिइन्छ । गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी प्रोजेक्ट ल्याएका थिए, जसका लागि अर्थ संकलन र अन्य प्रक्रिया शुरु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री