लन्डन । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबरमा हुने निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।
जर्मनीमा एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सकेर यूके फर्किए लगत्तै गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । विश्वभरका गैर आवासीय नेपालीको जमघट रहेको उक्त सम्मेलनमा उनले ‘ग्रीन सिग्नल’ पाएर उम्मेदवारी दिन जोसिएको कतिपयको अनुमान छ ।
तमुधिं यूकेका पूर्व अध्यक्ष गुरुङ तमुधिं यूकेमा कोषाध्यक्ष, उपाध्यक्ष भएर झण्डै ९ वर्ष काम गरिसकेका छन् ।
ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङको सन् १९९० यता बेलायतमा स्थायी बसोवास छ । उनको ट्राभल र प्रोपर्टी व्यवसाय छ ।
सामाजिक अभियन्ता गुरुङ अति मिलनसार, इमान्दार र कर्तव्यनिष्ठ मानिन्छन् । उनलाई आफ्नो कार्यकालमा धमिलिएको एनआरएनए यूके साख स्वच्छ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ‘क्रेडिट’ दिइन्छ । गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी प्रोजेक्ट ल्याएका थिए, जसका लागि अर्थ संकलन र अन्य प्रक्रिया शुरु भइसकेको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि