लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत लामो समयदेखि हुन नसकेको अधिवेशन सम्पन्न गर्न जुटेको छ । सेप्टेम्बर दोश्रो साता हुने अधिवेशनको माहोल शुरु भइसकेको छ ।
लन्डन साउथ हयारोस्थित माया पबमा आइतबार जनसम्पर्क समिति बेलायतको अधिवेशन संयोजन समितिका सभापति लोक गुरुङ, सदस्यहरु विज्ञान प्रसाईं, पूर्वसभापति विनोद मोक्तान एवं संयोजन समिति सदस्य चेतनाथ खनालसहितका कांग्रेसीहरुको बैठक सम्पन्न भएको छ । बैठकका सहभागीले समितिको सदस्यता लिइदिन आग्रह गर्दै अधिवेशन तयारी सम्वन्धमा छलफल गरे ।
इच्छुकलाई आगामी अगष्ट १५ सम्ममा सदस्यता लिइदिन नेता युवराज गुरुङले आव्हान गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतमा १०४३ जना सक्रिय सदस्य भइसकेका छन् ।
सो अवसरमा विधान समितिका संयोजक शिवजी श्रेष्ठले प्रारम्भिक छलफल र सुझावका लागि पेस गरेको विधानका लागि राय संकलन गर्न समितिका तर्फबाट सदस्य सचिव आरके त्रिपाठीले विधानको विविध पक्षबारे प्रकाश पारे । संशोधित विधानमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, ४ सह महामन्त्री लगायत पदाधिकारीहरु रहनेबारे छलफल गरिएको थियो ।
यसैबीच, जनसम्पर्क समिति बेलायतको अधिवेशनमा युवराज गुरुङ, कुमारी गुरुङ र युवराज सिंहले अध्यक्षको उम्मेदवारी दिने चर्चा छ । युवराज गुरुङले यही शनिबार माया पबमा एक कार्यक्रम गरि औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
समितिको आगामी सेप्टेम्बर १६ तारिख अधिवेशन हुने बताइएको छ । अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि, नेताहरु शेखर कोइराला, एनपी साउद, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डेयलाई निम्ता दिने तयारी छ ।
तस्विरः शिव भण्डारी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार