लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत लामो समयदेखि हुन नसकेको अधिवेशन सम्पन्न गर्न जुटेको छ । सेप्टेम्बर दोश्रो साता हुने अधिवेशनको माहोल शुरु भइसकेको छ ।
लन्डन साउथ हयारोस्थित माया पबमा आइतबार जनसम्पर्क समिति बेलायतको अधिवेशन संयोजन समितिका सभापति लोक गुरुङ, सदस्यहरु विज्ञान प्रसाईं, पूर्वसभापति विनोद मोक्तान एवं संयोजन समिति सदस्य चेतनाथ खनालसहितका कांग्रेसीहरुको बैठक सम्पन्न भएको छ । बैठकका सहभागीले समितिको सदस्यता लिइदिन आग्रह गर्दै अधिवेशन तयारी सम्वन्धमा छलफल गरे ।
इच्छुकलाई आगामी अगष्ट १५ सम्ममा सदस्यता लिइदिन नेता युवराज गुरुङले आव्हान गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतमा १०४३ जना सक्रिय सदस्य भइसकेका छन् ।
सो अवसरमा विधान समितिका संयोजक शिवजी श्रेष्ठले प्रारम्भिक छलफल र सुझावका लागि पेस गरेको विधानका लागि राय संकलन गर्न समितिका तर्फबाट सदस्य सचिव आरके त्रिपाठीले विधानको विविध पक्षबारे प्रकाश पारे । संशोधित विधानमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, ४ सह महामन्त्री लगायत पदाधिकारीहरु रहनेबारे छलफल गरिएको थियो ।
यसैबीच, जनसम्पर्क समिति बेलायतको अधिवेशनमा युवराज गुरुङ, कुमारी गुरुङ र युवराज सिंहले अध्यक्षको उम्मेदवारी दिने चर्चा छ । युवराज गुरुङले यही शनिबार माया पबमा एक कार्यक्रम गरि औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
समितिको आगामी सेप्टेम्बर १६ तारिख अधिवेशन हुने बताइएको छ । अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधि, नेताहरु शेखर कोइराला, एनपी साउद, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डेयलाई निम्ता दिने तयारी छ ।
तस्विरः शिव भण्डारी
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि