इस्लामाबाद, १६ साउन । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गर्दै पद त्याग्न दवाव दिएपछि उहाँले राजीनामा दिएकाले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो ।
सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएका छन् ।
यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि हुनुहुन्छ । उहाँ प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।
अर्को प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनु भएको छ ।
इस्लामिक पार्टी जमात इ इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।
पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।
मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ ।
त्यसपछि मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ ।
अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल