इस्लामाबाद, १६ साउन । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गर्दै पद त्याग्न दवाव दिएपछि उहाँले राजीनामा दिएकाले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो ।
सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएका छन् ।
यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह पनि हुनुहुन्छ । उहाँ प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।
अर्को प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनु भएको छ ।
इस्लामिक पार्टी जमात इ इस्लामीले सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहरालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।
पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।
मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ ।
त्यसपछि मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ ।
अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त