
लन्डन । १५२ औं मोतीराम भट्ट जयन्तीको अवसरमा ३० जुलाई २०१७ का दिन चार्लटनस्थित चार्लटन एफसी सभाहलमा नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोनेको १२ औं मुक्तक एकल वाचन श्रृंखला सम्पन्न भएको छ ।
अन्तर्राष्टिय नेपाली साहित्य समाज बेलायत तथा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका सभापति अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ थिए ।
कार्यक्रमका नायक रामकाजी कोने तथा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले संयुक्त रुपमा द्वीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ भएको थियो ।
विशेष अतिथि तथा अन्य अतिथिमा अनेसासका केन्द्रिय उपाध्यक्ष (युरोप च्याप्टर) डा. रुपक श्रेष्ठ, वरिष्ठ मुक्तककार कृष्ण पहारी, नेपाली साहित्य संगमका अध्यक्ष विनोद अधिकारी र आरजीएनएसका अध्यक्ष हरिगोविन्द गुरुङ थिए । कार्यक्रमको पहिलो चरण अनेसासका महासचिव सन्तोष कार्कीले सन्चालन गरेका थिए । दोश्रो चरण अनेसास बेलायत च्याप्टरका उपाध्यक्ष लारा (लक्ष्मी राई) ले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरका अध्यक्ष कवि दुर्गाप्रसाद पोख्रेलले स्वागत मन्तव्य दिंदै मोतीराम भट्टले नेपाली साहित्यमा गरेको योगदानबारे चर्चा गरे । वरिष्ठ मुक्तककार कृष्ण पहारी र कार्यक्रमका नायक कोनेको संक्षिप्त जीवनी एवं नेपाली मुक्तकका आयामबारे डा. रुपक श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा कोने दम्पत्तिलाई सम्मान गरियो । त्यसै क्रममा सुप्रमा पुरस्कार २०१७ विजेता दुर्गाप्रसाद पोख्रेललाई अनेसास बेलायत च्याप्टरद्वारा सम्मानित गरिएको छ ।
प्रमुख अतिथि राजदूत अन्य दुई कार्यक्रममा अनिवार्य उपस्थित हुनु परेको जनाउंदै समापन अघि नै बाहिरिएका थिए ।
कोनेका एकल वाचन दुई चरणमा सञ्चालित थियो । बीचमा अन्य कविहरु, गोकुल भण्डारी, डा. रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोख्रेल, प्रतिमा केसी, विशन थापा, सन्तोष कार्की, विनोद अधिकारी, सुमलकुमार गुरुङ तथा लाराले आ—आफ्नो मुक्तक वाचन गरेर दर्शकदीर्घालाई मनोरन्जन दिलाए ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरद्वारा रामकाजी कोने र कृष्ण पहारीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका लागि हलको प्रवन्ध फत्ता थापा तथा सोनिया थापाले गरेका थिए । अन्तमा सभाध्यक्ष सुमलकुमार गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरेका थिए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन