सोल (दक्षिण कोरिया), १४ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ ।
उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ ।
केसिएनएले भनेको छ, ‘हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।’
यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाउनुभएको छ । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताउनुभयो ।
परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ ।
शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले यो दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई ‘उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम’ भन्ने प्रतिक्रिया दिनुभएको छ ।
अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् ।
जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नो मुलुकको लागि गम्भीर खतरा भएको बताउनुभयो । त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गर्नुभएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ