श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज यूकेको दशौं वार्षिक भेला

लन्डन । श्री पञ्चकोशी (आर्थर डांडाखर्क) समाज यूकेको दशौं वार्षिक भेला स्वीन्डनस्थित पन्जावी कम्युनिटी सेन्टरमा २२ जुलाईका दिन सम्पन्न भएको छ ।

समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले हलमा पालना गर्नुपर्ने स्वस्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराएपछि समाजका अध्यक्ष मेजर समुन्द्र गुरुङ र जेष्ठ नागरिक वयोबृद्ध चेली श्रीमती लक्ष्मी गुरुङले संयुक्तरुपमा दिप प्रज्वलन गरि दशौं वार्षिक भेला कार्यक्रम उद्घाटन गरिएको थियो ।

औपचारिक कार्यक्रमको प्रारम्भमा यस वर्ष भरि नेपाल र बेलायतमा दिवंगत भएका समाजका सदस्यहरुको मृतात्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरियो ।

सुश्री दुची गुरुङ र श्रीमति सम्झना गुरुङले सञ्चालन गरेको दशौं बार्षिक भेलामा समाजका सदस्यहरु र बेलायतमा रहेका आर्थर डांडाखर्क गांउका चेलिबेटी र तिनका परिवार करिब ३०० को उपस्थिति थियो । भेलामा समाजका उपाध्यक्ष क्याप्टेन पदम बहादुर गुरुङले स्वागत मन्तब्य र अध्यक्ष मेजर समुन्द्र गुरुङले धन्यवाद मन्तब्य दिए । मन्तब्यका क्रममा अध्यक्ष गुरुङले समाजले विगतमा गरेको विभिन्न महत्वपूर्ण सामाजिक सहयोगबारे उल्लेख गर्दै पछिल्लो समय आर्थर डांडाखर्क काहुले स्थित श्री सरस्वती आधारभुत विद्यालयको हुरि बतासबाट क्षतिग्रस्त छाना पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने सबै चन्दादातालाई धन्यबाद दिएका थिए । त्यसैगरि अध्यक्ष गुरुङले श्री पञ्चकोशी उच्च माध्यमिक विद्यालय आर्थर डांडाखर्कमा अध्ययनरत पूर्ब विद्यार्थीहरु संगठित भई पञ्चकोशी भूपू विद्यार्थी 
मञ्च खडा गरेर गाउंमै मन्टेश्वरी अवधारणामा गुणस्तरिय अंग्रेजी माध्यमको पठनपाठन सञ्चालन हुनु उदाहरणीय भएको बताए । उनले विविध कारणबस आर्थर डांडाखर्क ग्लोबल परियोजना प्रभावकारी रुपमा सञ्चालन हुन नसकेकाले निकट भविष्यमा यसबारे सबैसंग पुन 
परामर्श गरेर अगाडि बढने बताए ।

कार्यक्रममा समाजका पूर्ब उपाध्यक्ष तथा अतुल गुरुङ उपचार सहयोग समितिका संयोजक गोबिन्द गुरुङले हाल बेलायतमा विद्यार्थी भिसामा रहेका आर्थर डांडाखर्क निवासी अतुल गुरुङको उपचार सहयोगार्थ समाजका सदस्यहरु र चेलीबेटीबाट झण्डै ४ हजार पाउण्ड भन्दा बढि रकम आर्थिक संकलन गरी अतुल गुरुङलाई हस्तान्तरण गरिसकेको जानकारी भेलालाई गराएका थिए ।

कार्यक्रममा समाजका जेष्ठ नागरिक, नव बिवाहित दम्पति, बेलायती सैनिक सेवामा पदोन्नति भएका, 
शैक्षिक सत्र २०१६, ०१७ मा विभिन्न विद्यामा शैक्षिक उपाधि हांसिल गरेका सदस्य, चेलिबेटी, ज्वाईं, युवा, युवती र वार्षिक भेला सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग गरेका व्यक्तिलाई अध्यक्ष मेजर समुन्द्र गुरुङ, संस्थापक अध्यक्ष क्याप्टेन कृष्णप्रसाद गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, समाजका बयोबृद्ध जेष्ठ नागरिकद्वय श्रीमती अकला देबी गुरुङ र श्रीमती राजकुमारी गुरुङले खादा ओढाई सम्मान गरेका थिए ।

यसैगरि कार्यक्रममा बेलायत भ्रमणमा आएका श्री पञ्चकोशी (आर्थर डांडखर्क) समाज पोखराका सदस्य लिलबहादुर गुरुङ, चेली ज्वाईं सूर्यबहादुर गुरुङ तथा श्रीमती राजकुमारी गुरुङ लगायत अन्य नव आगन्तुक सदस्य, चेली ज्वाईं, कार्यसमिति र युवा समितिका नवनिर्वाचित सदस्यहरुलाई पनि बधाई शुभकामना दिंदै खादाले स्वागत तथा सम्मान गरियो ।

कार्यक्रममा गत वर्ष ठूलो हुरी बतासबाट क्षतिग्रस्त कुस्मा नगरपालिका १४ आर्थर डांडाखर्क काहुलेको श्री सरस्वती आधारभूत विद्यालयको छाना पुननिर्माणमा आर्थिक सहयोग गरेका ब्यक्तिलाई विद्यालय ब्यवस्थापन समितिले गाउंबाट पठाएको कदर ताम्रपत्र दुर्ग बहादुर गुरुङको संयोजनमा धनप्रसाद गुरुङ तथा चिज कुमारी गुरुङले वितरण गरेका थिए । ताम्रपत्र बितरणको क्रममा दुर्गबहादुर गुरुङ र धन प्रसाद गुरुङले बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट आर्थिक सहयोग गर्ने सबै दातालाई आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद दिए ।

उक्त भेलामा समाजका सबै सदस्य तथा चेलिबेटीका परिवार सहित ग्रान्ड स्ट्यान्डमा प्रोफेशनल फोटोग्राफरबाट सामूहिक फोटो पनि खिचिएको थियो ।

यस पटकको वार्षिक भेलामा काजी गुरुङको व्यबस्थापनमा गोर्खा स्क्वायर रेष्टुरेन्टले खाना तयार पारेको थियो भने पेय पदार्थको ब्यवस्थापनमा पूर्ब महासचिव गोपाल गुरुङ र कुमार गुरुङ खटिए । त्यसैगरि प्रवेश टिकट व्यवस्थापनमा महासचिव राजेश गुरुङ, कोषाध्यक्ष विशाल गुरुङ र श्रीमति अमिता गुरुङले सहयोग गरेका थिए।

मनोरञ्जनका निम्ति विभिन्न दम्पतिबीच सामूहिक खेल, समाजभित्रकै प्रतिभा श्रीमति सम्झना गुरुङबाट नृत्य प्रस्तुति र समाजका विभिन्न सदस्यहरुले स्वेच्छाबाट प्रायोजन गरेका आकर्षक पुरस्कारहरुको राफल ड्र पनि आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा मञ्जु गुरुङ राईको डिजेमा उपस्थित सबैले नाचेर भरपुर मनोरन्जन गरे । मध्यान्ह १२ बजे आरम्भ भएको कार्यक्रम बेलुकी ८ बजे अन्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री