कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।
मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताउनुभएको छ । सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ ।
अफगान सुरक्षाबलका अनुसार अफगान सैनिकले तालिवान आतङ्ककारी समूहसँग गरेको दोहारो भिडन्तको क्रममा ८० भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
‘हाम्रीले कैयौँ पटकसम्म गरेको हवाई आक्रमणमा दर्जनौँ आतङ्ककारी मारिए र हाम्रो हेलिकोप्टरले घाइते भएका सैनिकलाई अस्पताल पनि पु¥याएको छ’ हवाई बलका प्रान्तीय कमाण्डर जनरल रजिक सिर्जाइले बताउनुभएको छ ।
एक वरिष्ठ सैनिक स्रोतका अनुसार यस आक्रमणका क्रममा १२ जना सैनिक अझै बेपत्ता रहेका छन् । यसबाट यो आक्रमण अत्यन्त भीषण भएको भन्ने वर्णन गर्छ भन्ने उहाँले बताउनुभएको छ ।
तालिवान आतङ्ककारी समूहले आफ्नो ट्वीटरमार्फत यस आक्रमणको जिम्मा लिएका छन् ।
सन् २०१४ को अन्त्यमा नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गर्दै आ–आफ्नो देश फर्किएका र त्यहाँ बाँकी रहेका केही नेटो सैनिकले पनि आफूहरु युद्ध मैदानमा गएर युद्ध नगर्ने अफगान सैनिकलाई सल्लाह र सहयोग मात्र गर्ने घोषणा गरेका थिए ।
उक्त समयदेखि हालसम्म अफगानिस्तानमा अफगान सैनिक लक्षित आक्रमण बढेको छ । सन् २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतको सङ्ख्या ३५ प्रतिशतले बढ्यो ।
अमेरिकाआवद्ध निरीक्षणकर्ता संस्था सिगारका अनुसार सन् २०१६ आतङ्ककारी आक्रमणमा अफगान सैनिक र प्रहरीगरी ६ हजार ८ सयको मृत्यु भएको थियो ।
सन् २०१७ मा यो सङ्ख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सैनिक हताहतको सङ्ख्या भीषण हुँदै गएको सिगारले बताएको छ ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम