कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी समूहले मङ्गलबार रातभर गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको छ । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।
मङ्गलबार अबेर रातिबाट ठूलो सङ्ख्यामा आएका तालिवान आतङ्ककारी समूहले रातभर गरेको हमलामा परी २६ सैनिकको मृत्यु हुनुका साथै अन्य १३ सैनिक घाइते भएको सैनिक प्रवक्ता दउलत वाजिरीले बताउनुभएको छ । सो आक्रमण बुधबार बिहानसम्म जारी रहेको छ ।
अफगान सुरक्षाबलका अनुसार अफगान सैनिकले तालिवान आतङ्ककारी समूहसँग गरेको दोहारो भिडन्तको क्रममा ८० भन्दा बढी आतङ्ककारी मारिएका छन् ।
‘हाम्रीले कैयौँ पटकसम्म गरेको हवाई आक्रमणमा दर्जनौँ आतङ्ककारी मारिए र हाम्रो हेलिकोप्टरले घाइते भएका सैनिकलाई अस्पताल पनि पु¥याएको छ’ हवाई बलका प्रान्तीय कमाण्डर जनरल रजिक सिर्जाइले बताउनुभएको छ ।
एक वरिष्ठ सैनिक स्रोतका अनुसार यस आक्रमणका क्रममा १२ जना सैनिक अझै बेपत्ता रहेका छन् । यसबाट यो आक्रमण अत्यन्त भीषण भएको भन्ने वर्णन गर्छ भन्ने उहाँले बताउनुभएको छ ।
तालिवान आतङ्ककारी समूहले आफ्नो ट्वीटरमार्फत यस आक्रमणको जिम्मा लिएका छन् ।
सन् २०१४ को अन्त्यमा नेटो सैनिकले अफगान युद्ध सकिएको घोषणा गर्दै आ–आफ्नो देश फर्किएका र त्यहाँ बाँकी रहेका केही नेटो सैनिकले पनि आफूहरु युद्ध मैदानमा गएर युद्ध नगर्ने अफगान सैनिकलाई सल्लाह र सहयोग मात्र गर्ने घोषणा गरेका थिए ।
उक्त समयदेखि हालसम्म अफगानिस्तानमा अफगान सैनिक लक्षित आक्रमण बढेको छ । सन् २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतको सङ्ख्या ३५ प्रतिशतले बढ्यो ।
अमेरिकाआवद्ध निरीक्षणकर्ता संस्था सिगारका अनुसार सन् २०१६ आतङ्ककारी आक्रमणमा अफगान सैनिक र प्रहरीगरी ६ हजार ८ सयको मृत्यु भएको थियो ।
सन् २०१७ मा यो सङ्ख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सैनिक हताहतको सङ्ख्या भीषण हुँदै गएको सिगारले बताएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने