बर्लिन (जर्मनी), ११ साउन । आगामी सेक्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउन झण्डै दुई महिना अघि गरिएको एक सर्वेक्षणले फेरी पनि जर्मन चान्सलर एन्जेला मर्केल नै सवैभन्दा बढी लोकप्रिय देखिनुभएको छ ।
निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौँथो कार्यकालका उहाँ चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ ।
अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ । त्यसैगरी पूर्व राष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ ।
अन्य उम्मेदवारको तुलनामा मर्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ । १२ वर्षदेखि जर्मन चान्सलर रहनु भएकी मर्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन रहेको छ ।
बामपन्थी पार्टी लिङ्कले नौ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले आठ प्रतिशत समर्थन पाएका छन् । त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले सात प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल