दुबई (युएई), १० साउन । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामुहिक कारबाही अन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले मङ्गलबार जनाएको छ ।
एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिक विरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाँए तोकिएको थियो ।
साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी छ ।
अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ ।
‘अरबको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाँय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ’, एम्नेष्टीले बताएको छ ।
‘उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको छ’, मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले बताउनुभयो ।
उहाँले अदालतको फैसलालाई ‘अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास’ को संज्ञा दिनुभएको छ । ‘यो राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण’ भएको जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा