दुबई (युएई), १० साउन । दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामुहिक कारबाही अन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले मङ्गलबार जनाएको छ ।
एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिक विरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाँए तोकिएको थियो ।
साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी छ ।
अतिरूढीवादी मुश्लिमराज्य साउदी अरबमा यस बर्षमात्र ६६ जनालाई विभिन्न अभियोग लगाई मृत्युदण्ड दिइएको लण्डनस्थित मानव अधिकारवादी संस्थाले जनाएको छ ।
‘अरबको सर्वाेच्च अदालतले मृत्युदण्डको सजाँय तोकेका १४ जनालाई यहाँको राजनैतिक नेतृत्व विरुद्ध शसस्त्र विद्रोह गरेको र विभिन्न दङ्गा तथा चोरी प्रकरणमा सामेल भएको फैसलामा छ’, एम्नेष्टीले बताएको छ ।
‘उनीहरूलाई साउदी राजा सलमानको हस्ताक्षरपछि मृत्युदण्ड दिइने कानूनी प्रावधान रहेको छ’, मध्यपूर्वका एम्नेष्टी इन्टरनेशनलका समाह हदिदले बताउनुभयो ।
उहाँले अदालतको फैसलालाई ‘अदालतको झूटा प्रक्रिया बताउदै यसले अन्तर्राष्ट्रिय न्यायिक सुनुवाईको मापदण्डमाथिको उपहास’ को संज्ञा दिनुभएको छ । ‘यो राजनैतिक रुपमा फरक विचार राख्ने तथा प्रतिपक्षिमाथिको आक्रमण’ भएको जनाइएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित