इस्लामाबाद, ९ साउन । पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटनमा परी सोमबार कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ४९ जनाभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार दिउँसो ४ बजेतिर विष्फोटन भएको समाचार दिएका छन् ।
पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोटन भएको थियो ।
विष्फोटनमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
घटनास्थलका केही भवनहरू, १० वटा मोटरसाइकल र एउटा सवारी साधन पनि विष्फोटनका कारण ध्वस्त भएका छन् ।
सुरक्षाकर्मी र उद्धारकर्ताहरूले घटनास्थलमा धेरै जनालाई उद्धार गरेका थिए । उनीहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।
घाइतेमध्ये सिकिस्त घाइतेलाई लाहोर अस्पतालमा उपचार गराइएको छ । अस्पतालहरूले दिएको जानकारीअनुसार सात जना गम्भीर घाइते भएका छन् ।
पञ्जाव प्रान्तका मुख्य मन्त्री शाहबाज शरिफले घटनाको भत्सर्ना गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।
पछिल्लो समाचारअनुसार घटनाको जिम्मेबारी पाकिस्तान तालिवान समूहले लिएको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै