लण्डन । एनआरएनए युकेका उपाध्यक्ष योगकुमार फगामीले दशहजार सदस्य बनाउने योजनाका साथ आगामी अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार अल्डरसटमा आयोजित एक पत्रकार सम्मेलनमार्फत फगामीले आगामी सेप्टेम्बर ९ मा हुने एनआरएनए युकेको सातौँ अधिवेसनमा अध्यक्ष पदका लागि आफ्नाे उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले नागरिकताको निरन्तरता, सम्बृद्ध नेपाल बनाउने, नेपालको पर्यटन प्रबर्धन गर्ने, नेपालमा लगानी भित्र्याउने, मातृभूमिको लागि आपतकालिन राहतमा सघाउने योजना ल्याएका छन् । उनले लाप्राकमा बन्दै गरेको एनआरएनको नमूना बस्ती, काठमाडौँमा बन्दै गरेको एनआरएन भवन र शंखमूल पार्क निर्माणमा थप सहयाेगकाे पहल गर्ने बताएका छन् ।
एनआरएन युकेलाई सबै संस्थाहरुको पहलमा साझा संस्था बनाउने, युवाहरुलाई थप जिम्मेवारी दिने, क्षेत्रीय समन्वय परिषद् गठन गरी पन्जीकृत सदस्यकाे सङ्ख्या १० हजार पुर्याउने पनि उनको प्रस्तावित योजना रहेको छ । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्नका लागि पहल गर्ने र उनीहरुलाई परिरहेकाे समस्या समाधानका लागि शिविर चलाउने, युकेमा नेपाल हाउस बनाउन आर्थिक, नैतिक, भौतिक सहयोग तीव्र बनाउने पनि उनले बताएका छन् ।
‘नेपालीका लागि नेपाली’ नारा अन्तर्गत उनले नेपालीहरुलाई अति आवश्यक पर्दा आपतकालिन सहयोग गर्न ५० हजार पाउण्डको एक कोष खडा गर्ने पनि उनले प्रष्ट पारेका छन् ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापामगर, गोर्खाली समाज युकेका अध्यक्ष जयप्रकाश गुरुङ, गुल्मी जिल्ला समाज युकेका अध्यक्ष राम गलामी, प्रथम नौमती बाजा गुल्मीका अध्यक्ष तथा ग्रेटर रसमुर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष ओमप्रसाद थापा, भिसी तुलबहादुर पुनका छोरा अर्जुन तिलिजा, पुन समाज युकेका अध्यक्ष एकबहादुर पुन, बाग्लुङ समाज युकेकी उपाध्यक्ष छविमाया पुन, मगर संघ युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, मद्दत समूहका क्याप्टेन रिटायर्ड हरिबहादुर थापा, एनआरएनए युकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, म्याग्दी प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष योगेन क्षेत्री, राखु समाजका अध्यक्ष अमर मल्ल आदिले फगामीलाई शुभकामना दिएका थिए ।
सो अवसरमा विभिन्न ४२ वटा संस्थाले उनलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
अामाले भावुक बनाइन्
फगामीलाई शुभकामना दिने शुरुवात गर्दै फगामीकी वयोवृद्ध आमा पोमाया फगामीले सबैलाई भावुक बनाइन् । ‘मेरो छोरो कालो भए पनि मनको सफा छ । यसले कसैलाई पिर्दैन । कसैलाई बिगार्दैन’ उनले भनिन् । ‘यसलाई साथ देऊ, काँध देऊ फूर्ति देऊ’ उनले भनिन् । उनले यसाे भन्दा सहभागीहरुकाे अाँखा रसाएकाे थियाे ।
कार्यक्रमपछि आइपुगेका तमुधिँ युकेका अध्यक्ष ज्ञाम गुरुङ,उपाध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, लण्डन इकाइका अध्यक्ष डेभिड गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, लमजुङ समाजका अध्यक्ष बोहत गुरुङ लगायतले फगामीलाई शुभकामना दिएका थिए ।
म्याग्दीको बेगखोलामा जन्मिएका फगामी शिक्षक पदमा कार्यरत रहँदारहँदै बेलायती सेनामा भर्ती भएर १७ वर्ष बिताए । त्यसयता १५ वर्षदेखि बेजिङस्टोकमा बस्दै आएका उनी युकेमा विभिन्न संस्थामा आवद्ध छन् । उनले यसअघि एनआरएन युकेको कार्यसमिति सदस्य तथा महासचिवको कार्यभार सम्हालिसकेका छन् । म्याग्दी प्रवासी मंच युकेको अध्यक्ष रहँदा म्याग्दीमा दिएर एकैपटक तीनवटा एम्बुलेन्स चर्चामा आएका उनले सडक, विद्यालय भवन, पुल, वृद्धाश्रम लगायतको निर्माणमा करोडौँको परियोजनाको संयोजन गरिसकेका छन् । उनी वर्तमान कार्यसमितिमा नेपाल हाउस परियोजनाको संयोजक पनि रहेका छन् ।
फगामी मोना युकेको संरक्षक, बेजिंगस्टोक नेपाली समाजको उपाध्यक्ष, इन्टेक ८५ को अध्यक्ष, मगर संघ युकेको वरिष्ठ उपाध्यक्ष, बेगखोला कल्याणकारी समाजको अध्यक्ष, पुनसमाज युके र पुन मगर समाज युकेको आजिवन सदस्य रहेका छन् ।
उनले ‘धनलाई होइन, सक्षम व्यक्तिलाई छनौट गरौँ । हाम्रो होइन, राम्रोलाई चुनौँ । म होइन हामी र मेरो होइन हाम्रो नारासहित हाम्रो समाज परिवर्तन गरौँ’ नारा दिएका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल