लण्डन । तनहुँ समाज युकेको दशौँ वार्षिक भेटघाट सम्पन्न भएको छ ।
समाजका अध्यक्ष लेख गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटको कन्नड स्कुलमा भएको सो समारोहका प्रमुख अतिथि नेपाली दुताबास लण्डनका तृतीय सचिव भूपेन्द्र घिमिरे रहेका थिए ।
सचिव वेदराज पराजुलीको संचालनमा भएको सो कार्यक्रममा घिमिरेका साथै नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, डार्टफोर्ड काउन्सिलका काउन्सिलर डा. बच्चुकैलाश कैनीलगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा समाजको दशौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रतिविम्व’ को विमोचन गरिएको थियो । सो पत्रिकाका बारेमा सम्पादक रोहित गुरुङले जानकारी दिएका थिए ।
कार्यक्रममा स्नातक उत्तीर्ण गर्ने समाजका सदस्यका छोराछोरीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै, ब्रिटिश सेनामा पदोन्नति भएका सदस्यहरुलाई पनि अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकार पवन रानामगर, मधुसुधन थापामगर, कल्पना गुरुङ, राजु ढकाललगायतले मनोरञ्जन दिलाएका थिए । यस्तै, तनहुँको स्थानीय स्वाद झल्कने चुट्का पनि प्रस्तुत गरिएको थियो भने सविता रानामगर लगायतको टोलीले नृत्य प्रस्तुत गरेको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक