लण्डन । तनहुँ समाज युकेको दशौँ वार्षिक भेटघाट सम्पन्न भएको छ ।
समाजका अध्यक्ष लेख गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटको कन्नड स्कुलमा भएको सो समारोहका प्रमुख अतिथि नेपाली दुताबास लण्डनका तृतीय सचिव भूपेन्द्र घिमिरे रहेका थिए ।
सचिव वेदराज पराजुलीको संचालनमा भएको सो कार्यक्रममा घिमिरेका साथै नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, डार्टफोर्ड काउन्सिलका काउन्सिलर डा. बच्चुकैलाश कैनीलगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा समाजको दशौँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रतिविम्व’ को विमोचन गरिएको थियो । सो पत्रिकाका बारेमा सम्पादक रोहित गुरुङले जानकारी दिएका थिए ।
कार्यक्रममा स्नातक उत्तीर्ण गर्ने समाजका सदस्यका छोराछोरीहरु, आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै, ब्रिटिश सेनामा पदोन्नति भएका सदस्यहरुलाई पनि अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका कलाकार पवन रानामगर, मधुसुधन थापामगर, कल्पना गुरुङ, राजु ढकाललगायतले मनोरञ्जन दिलाएका थिए । यस्तै, तनहुँको स्थानीय स्वाद झल्कने चुट्का पनि प्रस्तुत गरिएको थियो भने सविता रानामगर लगायतको टोलीले नृत्य प्रस्तुत गरेको थियो ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि