नेपालका दुई ठूला छिमेकी भारत र चीन केहि दिनदेखि भावनात्मक युद्धको चरणमा पुगेका छन् । विवादित भूमि भूटानको छ, तर अन्तरविरोध भारत र चीनका बीच बढेको छ । यसलाई विस्तृत रूपले हेर्ने हो भने अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणपछि कतार एक्लाउने मध्यपुर्वको अन्तर्विरोध चर्किए लगत्तै देखापरेको भारत–चीनबीचको अन्तर्विरोधको धागो कतै जोडिएको त छैन भनेर केलाउन पर्ने हुनजान्छ । यदि धागो जोडिएकै हो भने यसको महत्व अन्तर्राष्ट्रिय स्तरमा हुन जान्छ । त्यसै पनि उत्तर र दक्षिणका दुई छिमेकी लडे भने बीचको बाछो (नेपाल) लाई डर त हुन्छ नै ।
भारत–चीन विवाद केलाउन मैले गुगल म्यापलाई हेर्दा केही कुरा खोतल्न मन लाग्यो । त्यो नक्सामा एकठाउँमा भुटानको भनेर देखाइएको नक्साभित्र चीनको S204 Provincial Road नामको राजमार्ग रहेको देख्दा झट्ट त चीनले भुटानको भूभाग मिचेकै हो कि भन्ने पनि लाग्यो । तर, यो विषय अझै गहिरिएर हेर्ने मनसा जाग्यो ।
त्यसपछि सेटलाइट म्याप खोलेर हेर्दा एउटा नदी चीनको भूभाग हुँदै बगेर विवादित भनिएको क्षेत्र हुँदै फेरि चिनको भूभाग हुँदै भारततिर बगेको देखिँदोरहेछ ।
चिनको एस२०४ राजमार्ग त्यो नदीभन्दा पश्चिममात्र रहेको देखिन्छ । त्यो नदीले परम्परादेखि सिमानाको काम गरेको अनुमान गर्न सकिने तर्कलाई भने धेरै कुराले पुष्टि गरेको पाइन्छ । उदाहरणका लागि सेटलाइट म्यापमा भूटानको क्षेत्र भन्दा पश्चिमबाट चीनको राजमार्ग बनाएको देखिन्छ तर गुगल नक्सामा भने बाटो भुटानको क्षेत्रमा बनाएको देखाइएको छ ।
स्मरणीय कुरा के छ भने यी गुगल म्यापमा चीनको भूमिका नगन्य छ र भारत तथा अमेरिकाको भूमिका प्रमुख हुने हुनाले नक्सामा चलखेल गरेर भ्रम छर्न खोजिएको भान हुन्छ । विवादित भूभागको क्षेत्र केलाउने नै हो भने भुटान र चीनका ऐतिहासिक दस्तावेज र स्थानीय नागरिकका इतिहास केलाउनु पर्ने हुन्छ ।
यस परिप्रेक्ष्यमा भारत-चीन विवाद वास्तविक कारण नभएर विवाद चर्काउन अरू निहु नपाएर भूटानको सिमानालाई बहान बनाउन त खोजिएको होइन भन्ने प्रश्न गर्ने ठाउँपनि नभएको होइन । यदि यसो हो भने युद्ध हुने खतरा टारेर टार्न सम्भव नहुन सक्छ । तर यसै हो भनेर किटानी नै गर्न सकिने तथ्य भने देखिएको छैन । यसलाई अन्य अन्तर्राष्ट्रिय घटनाहरूसंग जोडेर हेर्नुपर्ने हुन्छ ।
विवाद उब्जिएको भनिएको भूभागले धेरै क्षेत्रफल ओघटेको पनि देंखिदैन । पानीढाललाई सिमाना मान्ने भारत तथा भुटानको तर्क दखिन्छ भने चीनले नदीलाई सिमाना मानेर राजमार्ग निर्माण गरिसकेको नक्सामा देखिन्छ ।
लड्न त पहिला पनि भारत र चीन सिमानको विषयमा युद्ध गरेकै पनि हुन । तर उस बेलाका दुवै देशका हतियार आणविक पनि थिएनन् र अहिले सैन्य सामाग्री तथा युद्ध विज्ञानले धेरै फड्को मारिसकेको हुनाले लडाइ जित हारको भन्दा बढि मानव विनासको रूपमा हुनेछ भन्ने किटानी गरेरै भन्न सकिन्छ ।
गोर्खाल्याण्डको मागमा भएको आन्दोलनकै समयमा भारतले चिनको सडक निर्माणको काममा विवाद गरेर आन्दोलन मोड्ने प्रयास गरेको संका गर्ने ठाउ पनि विवादको क्षेत्र र गोर्खा ल्याण्ड मागको क्षेत्र नगिच हुनुले पनि पुष्टि गर्दछ । तर, भारतमा आन्तरिक संघर्षका कथाहरूमा नागाल्याण्ड मात्र होइन कासमिरदेखि खालिस्तान सम्मका उदाहरणका सामु गोर्खा ल्याण्डको आन्दोलन मोड्न भारतले छिमेकीसंग विवाद झिके होला भन्ने तर्क गर्न गुन्जाइस दिने ठाउँ भने देखिंदैन ।
आन्तरिक कारण नहुँदा नहुँदै सानो विवादलाई अन्तर्राष्ट्रिय जगतलाई चासो जगाउने गरी तेस्रो मुलुक भुटानलाई उचालेर चीनसंग विवाद बढाउने भारतको सन्धर्वले विवाद सजिलै समाधान नगर्ने गरी तयारी गरिएको छ कि भन्ने झल्को दिन्छ । प्राज्ञिक वर्ग तथा शान्तिका पक्षधरहरूले विवाद कुटनैतिक तवरबाट समाधान गरेर युद्ध टार्ने सुझाव दिएता पनि भित्री मनसाय शान्तिको विकल्पका रूपमा अपनाउन खोजिएको हो भने पक्कै पनि स्थिति भयावह हुन सक्छ ।
ऐतेहासिक सिल्करोडको अवधारणालाई आधुनिक यातायात मार्गको खाकासहित अघि बढेको चीनको भावनालाई भारतले विरोध गर्नु र नेपाल भित्र बढ्दै गरेको चिनिया प्रभाव रोक्न नसकेको हिनताबोधमा कतै भारत विचलित हुन पुगेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ । सर्वसाधारण नेपाली जनतामा भारत विरोधी भावना मौलाउनुमा भारतकै रवैया दोषी भएपनि हिनताबोधको बोझ उतार्न विवाद गर्ने प्रबृत्ति पक्कै फलदायक हुने छैन ।
चीनले तिब्बतमा सवै पूर्वाधार तयार गरिसकेको छ र अव त्यहाँ औधोगिक क्रान्तिको समय आएको छ । त्यहाँको उत्पादन समुन्द्रको बाटो भएर विश्वको अन्य भागमा बेच्न जान भन्दा भारतको ठूलो जनसंख्यालाई बजार बनाउन चीनले जुन पूर्वाधार दक्षिण सिमानातिर विस्तार गरिरहेको छ, त्यसबाट अताल्लिएर भारतले चीनसंग निहु खोजेको हुनसक्ने एउटा सम्भावना छ । चीन धेरै तयारी गरेर भारतको बजार ओगट्न अगाडि बढिसकेको हुँदा अव भारतले अरू विकल्प खोज्नु भन्दा चीनसंग ब्यापारिक प्रतिस्पर्धा गर्नु दक्षिण पूर्व एशिया लगायत विश्व शान्तिको लागि अर्थपूर्ण हुनेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता