
कायरो,७ साउन । सन् २०१५ मा इजिप्टका एक जना सरकारी पूर्व महान्यायाधिवक्ताको हत्या काण्डमा संलग्न अठ्ठाइस अपराधीहरुलाई मृत्युदण्डको सजायँ सुनाइएको छ । कायरोको स्थानीय फौजदारी अदालतले सो पुष्टि गरेको तथ्य इजिप्टेली सरकारी टेलिभिजनले आज प्रसारण गरेको छ ।
यही फौजदारी मुद्दाको सिलसिलामा, अन्य अभियुक्तहरुः पन्ध्रलाई आजीवन कारावास (इजिप्टको दण्ड बिधान अनुसार जनही पच्चीस बर्षको कैद), आठलाई जनही पन्ध्र बर्षको कारावास र पन्ध्रलाई जनही दश बर्षको कारावासको सजायँ समेत तोकिएको छ ।
आज सजायँ सुनाइएका सबै अपराधी, अभियुक्तहरुलाई एउटा आतङ्ककारी संगठनसँग आबद्ध रही अबैध हातहतियार तथा विस्फोटक सामाग्री साथमा राखी हिंसा, हत्या र आतङ्क फैलाउँदै देशद्रोह गरेको अभियोग लगाइएको थियो ।
यही सरकारवादी मुद्दाको न्याय सम्पादनको क्रममा यसै फौजदारी अदालतले एकतीस जना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिने गरी गरेको फैसला अनुमोदनका लागि एक महिनाजति अघि ग्य्राण्ड मुफ्ति कहाँ पेश गरेको थियो ।
इजिप्टमा विद्यमान इस्लामिक कानून बमोजिम जटील तथा सङ्गीन अपराध बापत अदालतले दण्ड सजायँ तोकेपछि मुलुकका सर्बोच्च इस्लाम धर्माधिकारी (ग्य्राण्ड मुफ्ति) को सहमति लिनु अनिवार्य हुन्छ ।
प्रस्तुत मुद्दामा अदालतले एकतीसजना अपराधीहरुलाई मृत्युदण्डको सजायँ दिएकोमा ‘ग्य्राण्ड मुफ्ति बाट अठ्ठाइसको मात्र अनुमोदन भएका जनाइएको छ ।
सन् २०१५ को जुन २९ का दिन इजिप्टका पूर्वमहान्याधिवक्ता हिसाम बराकत कायरोस्थित आफ्नो घरबाट बाहिर निस्कनै लागेका बखत आतङ्ककारीहरुको एक समूहले कार बम बिस्फोटन गराई उनको बिभत्स हत्या गरेका थिए ।
त्यस बखत, यदाकदा नाम सुनिने गरेको र आफ्नो समूहलाई ‘गिजा पपुलर रेसिस्टेन्स’ भनी परिचय दिन रुचाउने आतङ्ककारीहरुको एउटा समूहले सो हत्याको दावी गरेको थियो ।
हत्याकाण्डको अनुसन्धानको क्रममा इजिप्टेली प्रहरीले ६७ जनाजति अपराधीहरुलाई पक्रिइ तिनीहरु उपर ज्यानमारा मुद्दा चलाएको थियो । यी मध्ये एकजनाको कालगतिले मृत्यु भई सकेको छ ।
यस महान्याधिवक्ता हत्याकाण्ड अघि अन्तर्राष्ट्रिय आतङ्ककारी समूह इस्लामिक स्टेट्ससँग आवद्ध, इजिप्टको सिनाइमा अखाडा जमाउँदै आएको अन्सार बेइत अल्म-क्दिस् समूहले अदालतका फलाना फलाना न्यायाधीशहरुउपर आक्रमण गर्नु भनी आफ्ना समर्थकहरुका नाममा आदेश चलाउने गरेको थियो ।
हत्याकाण्डमा परी मारिनु भएका हिसाम बराकत, इजिप्टका कट्टरपन्थी पूर्व इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सी अपदस्थ भएलगत्तै सन् २०१३ मा इजिप्टको महान्याधिवक्ता पदमा नियुक्त हुनु भएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल