वासिङटन, ५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानाफर्टलाई अमेरिकाको सिनेट समितिले सुनवाइका लागि बोलाएको छ ।
उहाँहरु अमेरिकी सिनेटको समितिमा अर्काे हप्ता उपस्थित हुनुपर्ने भएको हो । उहाँहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाईका लागि बोलाइएको हो ।
सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ ।
राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार पनि गरिसक्नुभएको छ ।
ती मेलमा एकजना रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गर्नुभएको छ ।
ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गर्नुभएको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर