
लन्डन । आगामी महिनादेखि बेलायतका विभिन्न शहरमा हुन लागेको ‘एचके नाइट लाइभ कन्सर्ट’ मा नेपालका चर्चित कलाकारहरु सहभागी हुने भएका छन् । मंगोलियन हार्टका राजु लामा, सन्जिव प्रधान, हरिस माथेमा, दीपक बज्राचार्य, एन्जल्स ब्याण्डका राजु लामा, नेपथ्यका पूर्व गायक गौतम गुरुङ, ड्रमर प्रवेश गुरुङ आदि कलाकारहरुको उपस्थितिमा लाइभ कन्सर्ट गर्न लागिएको आयोजक सुवास गुरुङले जनाए । उनले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध समेत गरेका छन् ।
पहिलो कार्यक्रम १९ अगष्ट सांझ एसियन कम्युनिटी सेन्टर प्लमस्टेडमा हुने तय भएको छ । त्यसपछि २५ अगष्टमा एमइसीए रिजेन्ट सर्कस स्वीन्डनमा दोश्रो कार्यक्रम गर्ने तयारी छ । नेपालीहरु उल्लेख्य भएको अल्डरसटमा भने सेप्टेम्बर २ तारिख कन्सर्ट गर्न लागिएको आयोजकले जनाएका छन् । डिजे एस काजीले कन्सर्टमा थप मनोरन्जन दिनेछन् । कार्यक्रममा मिस यूके नेपाल २०१२ दुर्गा गुरुङको समेत प्रत्यक्ष सहभागिता रहनेछ ।
कार्यक्रम सुवास गुरुङ, नरेन गुरुङ, जगदीश गुरुङ, ब्रिट गुरुङ, भेष गुरुङ सन्जय गुरुङ मिलेर गर्न लागेका हुन् । यसलाई जोर्डन ब्रदर्स एसोसिएसन, हङकङ मञ्च यूके, साथी भाइ स्वीन्डन, राजन गुरुङ, नवीन गुरुङ, एसएन ब्रदर्श, बिटी गाइज आदिको समेत सहयोग छ । कार्यक्रमको संयोजन जगत गुरुङले गरेका छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री