
लन्डन । आगामी महिनादेखि बेलायतका विभिन्न शहरमा हुन लागेको ‘एचके नाइट लाइभ कन्सर्ट’ मा नेपालका चर्चित कलाकारहरु सहभागी हुने भएका छन् । मंगोलियन हार्टका राजु लामा, सन्जिव प्रधान, हरिस माथेमा, दीपक बज्राचार्य, एन्जल्स ब्याण्डका राजु लामा, नेपथ्यका पूर्व गायक गौतम गुरुङ, ड्रमर प्रवेश गुरुङ आदि कलाकारहरुको उपस्थितिमा लाइभ कन्सर्ट गर्न लागिएको आयोजक सुवास गुरुङले जनाए । उनले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध समेत गरेका छन् ।
पहिलो कार्यक्रम १९ अगष्ट सांझ एसियन कम्युनिटी सेन्टर प्लमस्टेडमा हुने तय भएको छ । त्यसपछि २५ अगष्टमा एमइसीए रिजेन्ट सर्कस स्वीन्डनमा दोश्रो कार्यक्रम गर्ने तयारी छ । नेपालीहरु उल्लेख्य भएको अल्डरसटमा भने सेप्टेम्बर २ तारिख कन्सर्ट गर्न लागिएको आयोजकले जनाएका छन् । डिजे एस काजीले कन्सर्टमा थप मनोरन्जन दिनेछन् । कार्यक्रममा मिस यूके नेपाल २०१२ दुर्गा गुरुङको समेत प्रत्यक्ष सहभागिता रहनेछ ।
कार्यक्रम सुवास गुरुङ, नरेन गुरुङ, जगदीश गुरुङ, ब्रिट गुरुङ, भेष गुरुङ सन्जय गुरुङ मिलेर गर्न लागेका हुन् । यसलाई जोर्डन ब्रदर्स एसोसिएसन, हङकङ मञ्च यूके, साथी भाइ स्वीन्डन, राजन गुरुङ, नवीन गुरुङ, एसएन ब्रदर्श, बिटी गाइज आदिको समेत सहयोग छ । कार्यक्रमको संयोजन जगत गुरुङले गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा