इस्ताबुल, ३ साउन । आतङ्कवादी समूहलाई सहयोग गरेको आरोपमा टर्कीको एक अदालतले मङ्गलबार ६ जना मानवअधिकारवादीहरुलाई हिरासतमा राख्न अनुमति दिएको छ ।
एम्नेस्टि इन्टरनेसनलका टर्कीका निर्देशकसहित छ जना मानवअधिकारवादीलाई केही दिनअघि हिरासतमा लिइएकोमा उनीहरुलाई थुनामा राख्ने थप समय अदालतले अनुमति दिएको जनाइएको छ ।
टर्कीको एक मानवअधिकारवादी संस्थाले यसलाई न्यायका नाममा भएको हास्यास्पद निर्णयको संज्ञा दिएको छ । उक्त संस्थाले टर्कीको सरकारले अहिले पनि धरपकड नरोकेको जनाएको छ ।
टर्कीका निर्देशक इलिद इसेरसहित सातजना मानव अधिकारदावीहरुलाई यही जुलाई ५ मा पक्राउ गरिएको थियो ।
मानवअधिकारवादी समूहका छ जना अझै हिरासतमा रहेका छन् । एकजनालाई भने पहिल्यै छोडिएको थियो ।
नियन्त्रणमा रहेका अधिकारकर्मीलाई रिहा नगरिएको एम्नेस्टि इनटरनेसनका टर्कीका अनुसन्धानकर्ता एन्डरेउले एएफपी समाचार समितिलाई जानकारी दिनुभएको छ ।
टर्कीमा राष्ट्रपति रेसेप तायिप एन्र्डोगानको शासन सत्तामा सञ्चारकर्मी, मानवअधिकारवादी, वकिल, सेना र प्रहरीलगायत कैयौँलाई हिरासतमा राखिएको छ ।
टर्कीमा भएको असफल ‘कू’ को प्रयासको एक बर्षको समयमा पनि समाजका विभिन्न व्यक्तित्वहरुलाई पक्राउ गर्ने, सेवाबाट बर्खास्त गर्ने र सरकारको विरोधमा बोल्नेलाई मुद्दामामिला लगाउने कार्य जारी छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक