दोहा (कतार) ३१ असार । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताउनुभएको छ ।
‘कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ’, ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताउनुभयो ।
फ्रान्स कतारको खाडी क्षेत्रका अन्य केही छिमेकीसँग एक्कासी विग्रिएको सम्बन्धप्रति गहिरो चासो राखेको छ, कतारी इमीर शेख तमिम विन हमद अल थानीसँग पनि भेटी खाडी मुलुकको पछिल्लो सङ्कटकाबारेमा कुरा गरिसक्नुभएकाले ड्रेनले भन्नुभयो ।
फ्रान्सले समाधान खोज्न सबै सम्वद्ध खाडी मुलुकसँग अरब मुलुकबीचको तनाव कम गर्ने उद्देश्यले कुराकानी गरिसकेको उहाँले दावी गर्नुभयो ।
ले ड्रेन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थता अभियानमा चार दिनको खाडी मुलुकको भ्रमण र कुराकानी पछि बिहीबार फर्केपछि तय गरिएको कार्यक्रम अनुसार शनिबार कतार आउनुभएको हो । टिलरसनको खाडी बसाईले खासै उपलव्धि हाँसिल गर्न नसकेपछि ले ड्रेनले समस्या समाधानमा पहल गर्ने जनाउनुभएको हो ।
कतारी विदेशमन्त्रीले फ्रान्सले गर्ने पहलमा आफ्नो सहयोग रहने बताउदै वार्ता रचनात्मक रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
खाडीका चार मुलुकले आतङ्कवादलाई सघाएको भन्दै कतारसँग गत महिनादेखि कुटनैतिक सम्बन्ध विच्छेद् गर्नुका साथै खाद्यान्न लगायतका सामानको आपूर्तिमा दोहामाथि प्रतिबन्ध लगाएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै