लन्डन । बेलायत छन्त्याल संघको १० औँ स्थापना दिवस जुलाई ९ का दिन बेलायतबासी सम्पूर्ण छन्त्यालहरुको उपस्थितिमा मनाइएको छ । संघले स्थापनाकालदेखि बेलायतबासी छन्त्यालहरुबीच भावनात्मक सम्बन्ध कायम राखिराख्न र संघको गतिविधिमा थप उचाइ दिन हरेक वर्ष गर्मी बिदाको अवसर पारेर विविध खाले मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।
संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी हुन छन्त्यालहरुलाई संघले बेलायतका बिभिन्न शहरबाट यातायात ब्यवस्था गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष झक छन्त्याल, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, संघका उपाध्यक्ष शेर छन्त्याल, संघका सल्लाहकार जगनारायण छन्त्याल, मिडिया सचिव कप्रशाद छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा, कला, संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, भाषा, पहिचान, अधिकार, लगायत जातीय विकासका लागि र सर्वमान्य स्व. दिल बहादुर घरब्जाप्रति सम्मान गर्न सर्बमान्य अक्षयकोषको सुरुवात भइसकेको बताए । यस्लाई अघि बढाउन विश्वभरका छन्त्यालहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
उक्त अवसरमा गरिएको फूटबल खेलमा प्लमस्टेड दोस्रो स्थान र आसफोर्ड टिमले जित्न सफल भएका थिए । फुटबल खेलमा रेडिङ टिमका मिसान छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए । संघका महासचिव मुकेन छन्त्यालले संचालन गरेको कार्यक्रममा बिजयी खेलाडीहरुलाई आकर्षक पुरस्कार तथा तंकरले सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्ततिर मादलको तालमा दोहोरी गाएर, कक्टेल गीतमा नाचेर सहभागीले भरपुर मनोरन्जन लिएका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा