लन्डन । बेलायत छन्त्याल संघको १० औँ स्थापना दिवस जुलाई ९ का दिन बेलायतबासी सम्पूर्ण छन्त्यालहरुको उपस्थितिमा मनाइएको छ । संघले स्थापनाकालदेखि बेलायतबासी छन्त्यालहरुबीच भावनात्मक सम्बन्ध कायम राखिराख्न र संघको गतिविधिमा थप उचाइ दिन हरेक वर्ष गर्मी बिदाको अवसर पारेर विविध खाले मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।
संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षता र नेपाल आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी हुन छन्त्यालहरुलाई संघले बेलायतका बिभिन्न शहरबाट यातायात ब्यवस्था गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष झक छन्त्याल, आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल, संघका उपाध्यक्ष शेर छन्त्याल, संघका सल्लाहकार जगनारायण छन्त्याल, मिडिया सचिव कप्रशाद छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा, कला, संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, भाषा, पहिचान, अधिकार, लगायत जातीय विकासका लागि र सर्वमान्य स्व. दिल बहादुर घरब्जाप्रति सम्मान गर्न सर्बमान्य अक्षयकोषको सुरुवात भइसकेको बताए । यस्लाई अघि बढाउन विश्वभरका छन्त्यालहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
उक्त अवसरमा गरिएको फूटबल खेलमा प्लमस्टेड दोस्रो स्थान र आसफोर्ड टिमले जित्न सफल भएका थिए । फुटबल खेलमा रेडिङ टिमका मिसान छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका थिए । संघका महासचिव मुकेन छन्त्यालले संचालन गरेको कार्यक्रममा बिजयी खेलाडीहरुलाई आकर्षक पुरस्कार तथा तंकरले सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्ततिर मादलको तालमा दोहोरी गाएर, कक्टेल गीतमा नाचेर सहभागीले भरपुर मनोरन्जन लिएका थिए ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि