लन्डन । बेलायतस्थित पत्रकार चिरन शर्माले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । एनआरएन अभियानमा लामो अनुभव र सक्रियताका कारण आइसीसी सदस्यका लागि आफूले उम्मेदवारी दिने निचोड बनाएको उनले बताए । एक विज्ञप्तिमार्फत शर्माले भनेका छन्, ‘देशमा मिडियामा लगानी बढाउन र सामाजिक कार्यलाई सक्रिय रुपमा अगाडि बढाउन उपयुक्त कार्ययोजनाहरु बनाउन सक्छौं, त्यसैले मेरो उम्मेदवारीप्रति सबै सकरात्मक हुने आशा राखेको छु ।’
शर्मा करिब डेढ दशकदेखि गैर आवासीय नेपाली संघ बेलायतमा प्रत्यक्ष परोक्ष संलग्न छन् । उनी पत्रकार महासंघ यूके शाखाका पूर्व अध्यक्ष पनि हुन् । बाग्लुङ, अमलाचौरका शर्मा हाल लन्डनबाट नागरिक दैनिकका लागि समाचार पठाउंछन् । उनले विगतमा एनआरएन यूरोपका क्षेत्रीय बैठकमा मिडिया संयोजक भइ महत्वपूर्ण भूमिका निर्वाह गरिसकेको बताए ।
गैर आवासीय नेपाली संघ यूकेको सल्लाहकार रहेका शर्माले संगठनको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा पनि योगदान गर्दै आएका छन् । उनले आफू एनआरएनए यूकेको कार्यसमितिमा रहेर काम गर्दा सदस्यताका लागि ५ पाउण्डमा आजिवन सदस्य बनाउने निर्णय गराउन सफल भएको दावी गरे ।
नेपाल ब्रिटेन डटकम मार्फत गैर आवासीय नेपाली संघको विषयमा नियमित कलम चलाइरहेका शर्मालाई कतिपयले संघको भावी प्रवक्ताका रुपमा समेत चित्रित गरेका छन् ।
बेलायतको मूल्यवृद्धि दर स्थिर : तथ्यांक
यात्रा संस्मरण : पाँच दिनमा युरोपका पाँच देश पुग्दा
बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार
विदेशबाट नेपालीले पठाए नेपालमा १ खर्ब ७७ अर्ब रेमिट्यान्स
किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा जेनजी आन्दोलन : नेपाली दूतावास लन्डन परिसरमा श्रद्धाञ्जलीसभा
नेपालमा सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]