लन्डन । संखुवासभा लाङघाली मगर परिवार यूकेले आसफोर्ड केन्टस्थित सेन्ट फ्रान्सिस कम्युनिटी हलमा वार्षिक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पूर्वी नेपालको संखुवासभा जिल्लाबाट बेलायत आइ बसेका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । उक्त कार्यक्रमको अध्यक्षता संखुवासभा लाङघाली मगर परिवारका अग्रज समाजसेवी कृष्ण बहादुर केप्छाकी मगरले गरेका थिए । विशेष अतिथिमा संखुवासभा समाज बेलायतका अध्यक्ष एवं संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक गणेश राना साथै अन्य अतिथिहरुमा पदम बलाम्पाकी, जेबी थापा, श्रीमती गायत्री थापा मगर, नर बहादुर बलाम्पाकी मगर, मिन गान्छाकी मगर, रबिन्द्र थापा, श्रीमती धन माया मगर लगायत थिए ।
भीम आले मगरले रोमाञ्चक तरिकाले सञ्चालन गरेको कार्यक्रममा पदम बलाम्पाकी मगरले स्वागत मन्तब्य दिएका थिए । उक्त अवसरमा संखुवासभा सदरमुकाम खाँदबारीमा नेपाल मगर संघ संखुवासभाको निर्माणाधिन भवनका निम्ति सहयोग गर्नेलाई सम्मान गरिएको थियो । साथै संखुवासभा लाङघाली मगर परिवारहरुका छोराछोरी, भान्जाभान्जीहरुले विभिन्न विद्यामा दक्षता हासिल गरेका, जिसीएससी र युनिभर्सिटीमा राम्रो अंक प्राप्त गरेका विद्यार्थी साथै जिल्लाबाट ब्रिटिश गोर्खा आर्मीमा भर्ती भएर आएका भाई भतिज, भान्जाहरुलाई सम्मान र अभिनन्दन गरिएको थियो।
कार्यक्रमका सहभागी एक आपसमा शुभकामना आदानप्रदान सहित स्वादिष्ट परिकारको स्वादमा रमाएका देखिन्थे । सो अवसरमा पूर्वी नेपालमा प्रसिद्ध मगरहरुको मौलिक हुर्रा नाच सहित विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । मौलिक पहिरनमा सजिएकी ६ वर्षीया श्रेया थापाको नृत्यले सबैको ध्यान आकृष्ट गरेको थियो । सानो भान्जा सम्राट आलेको खुकुरी नाचले कार्यक्रममा रौनकता थपिदिएको थियो ।
संखुवासभा लाङघाली मगर परिवारहरुलाई भइपरी आउने विविध समस्या एक आपसमा मिलेर समाधानका निम्ति पहल गर्न संस्था स्थापना गरिएको हो । यसबाहेक भावी सन्त्ततिलाई आफ्नो मौलिक कला संस्कृति, भाषा, भेषभूषा, धर्मसंस्कार, कर्मकाण्ड, रितीरिवाज लगायत मूल पुर्खेली थातथलोको बारेमा जानकारी गराउने संस्थाको मुख्य उद्देश्य छ । जमघटमा छिमेकी जिल्लाका मगर आफन्त मान्यजनहरुसँग जातीय सम्बन्धलाई अझ मजवुत र प्रगाढ बनाउँदै मगरहरुको जातीय साझा संस्था मगर संघमा गोलबन्ध हुनका निमित्त सबैलाई आह्वान गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार