लन्डन । संखुवासभा लाङघाली मगर परिवार यूकेले आसफोर्ड केन्टस्थित सेन्ट फ्रान्सिस कम्युनिटी हलमा वार्षिक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा पूर्वी नेपालको संखुवासभा जिल्लाबाट बेलायत आइ बसेका नेपालीहरुको उल्लेख्य सहभागिता थियो । उक्त कार्यक्रमको अध्यक्षता संखुवासभा लाङघाली मगर परिवारका अग्रज समाजसेवी कृष्ण बहादुर केप्छाकी मगरले गरेका थिए । विशेष अतिथिमा संखुवासभा समाज बेलायतका अध्यक्ष एवं संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक गणेश राना साथै अन्य अतिथिहरुमा पदम बलाम्पाकी, जेबी थापा, श्रीमती गायत्री थापा मगर, नर बहादुर बलाम्पाकी मगर, मिन गान्छाकी मगर, रबिन्द्र थापा, श्रीमती धन माया मगर लगायत थिए ।
भीम आले मगरले रोमाञ्चक तरिकाले सञ्चालन गरेको कार्यक्रममा पदम बलाम्पाकी मगरले स्वागत मन्तब्य दिएका थिए । उक्त अवसरमा संखुवासभा सदरमुकाम खाँदबारीमा नेपाल मगर संघ संखुवासभाको निर्माणाधिन भवनका निम्ति सहयोग गर्नेलाई सम्मान गरिएको थियो । साथै संखुवासभा लाङघाली मगर परिवारहरुका छोराछोरी, भान्जाभान्जीहरुले विभिन्न विद्यामा दक्षता हासिल गरेका, जिसीएससी र युनिभर्सिटीमा राम्रो अंक प्राप्त गरेका विद्यार्थी साथै जिल्लाबाट ब्रिटिश गोर्खा आर्मीमा भर्ती भएर आएका भाई भतिज, भान्जाहरुलाई सम्मान र अभिनन्दन गरिएको थियो।
कार्यक्रमका सहभागी एक आपसमा शुभकामना आदानप्रदान सहित स्वादिष्ट परिकारको स्वादमा रमाएका देखिन्थे । सो अवसरमा पूर्वी नेपालमा प्रसिद्ध मगरहरुको मौलिक हुर्रा नाच सहित विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । मौलिक पहिरनमा सजिएकी ६ वर्षीया श्रेया थापाको नृत्यले सबैको ध्यान आकृष्ट गरेको थियो । सानो भान्जा सम्राट आलेको खुकुरी नाचले कार्यक्रममा रौनकता थपिदिएको थियो ।
संखुवासभा लाङघाली मगर परिवारहरुलाई भइपरी आउने विविध समस्या एक आपसमा मिलेर समाधानका निम्ति पहल गर्न संस्था स्थापना गरिएको हो । यसबाहेक भावी सन्त्ततिलाई आफ्नो मौलिक कला संस्कृति, भाषा, भेषभूषा, धर्मसंस्कार, कर्मकाण्ड, रितीरिवाज लगायत मूल पुर्खेली थातथलोको बारेमा जानकारी गराउने संस्थाको मुख्य उद्देश्य छ । जमघटमा छिमेकी जिल्लाका मगर आफन्त मान्यजनहरुसँग जातीय सम्बन्धलाई अझ मजवुत र प्रगाढ बनाउँदै मगरहरुको जातीय साझा संस्था मगर संघमा गोलबन्ध हुनका निमित्त सबैलाई आह्वान गरिएको छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग