पेरिस, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जलवायु परिवर्तन तथा व्यापारमा उदारीकरणका बिषयमा देखिएको विवादबीच कुटनैतिक कदम अघि बढाउन बिहीबार उहाँ पेरिस आउनुभएको छ ।
उहाँ पेरिसमा रहँदा विश्वभर सुरक्षा कायम गर्न र आतङ्कवाद विरुद्ध सङ्घर्ष गर्ने बिषयमा साझा आधार बनाउन यहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोँसहित उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्नुहुने बताइएको छ । बिहीबार म्याक्रोँले फ्रान्सका सैनिक अधिकारीसँग दिवाभोजमा समेत सरिक हुनुहुनेछ । बिहीबार नै ट्रम्पले लेस इनभालिडेस सैनिक सङ्ग्राहलयमा दुई नेताबीच भेट हुनेछ । त्यसपछि अमेरिकी राष्ट्रपति र म्याक्रोंबीच आतङ्कवाद विरुद्धको सङ्घर्षमा सहभागी हुने कार्यक्रम छ ।
वासिङ्टनको पेरिस सम्झौताबाट फिर्ता आउनेभन्ने निर्णयको कट्टर आलोचक म्याक्रोँले अमेरिकी राष्ट्रपतिलाई जलबायु परिवर्तनबाट आएका समस्यालाई नियन्त्रणमा लिने प्रयासमा भएको अमेरिकी निर्णयबारे सोच्न दवाव दिनुहुने एलिसी निकट श्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्ययमले जनाएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल