काएरो (इजिप्ट), २६ असार । अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुग्नुभएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी दुई दिन टर्की पुग्नुभएको थियो । टर्कीमा उहाँले राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग इस्तानवुलमा घण्टौँ लामो कुराकानी गर्नुका साथै उच्चपदस्थ अधिकारीसँग भेट गर्नुभएको थियो ।
साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन र इजिप्टका विदेशमन्त्री भेला हुने उक्त स्थानमा अमेरिकी विदेशमन्त्री टिलरसनले कतारसँगको विवाद टुङ्ग्याउन विशेष पहल गर्ने, साउदी अरबबाट जारी एक विज्ञप्तिमा जनाइएको छ ।
खाडी क्षेत्रका केही मुलकले साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनद्वारा कतारले आतङ्कवादलाई सघाएको आरोप लगाउँदै गत महिनादेखि कतारसँगको कूटनीतिक सम्बन्ध तथा हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।
कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतङ्कबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ ।
यसैबीच कतारले सोमबार चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको थियो ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम