लन्डन । महिना दिन अघि देखि नै बेलायतमा महिलाहरुको महान पर्व तीजको रमझम शुरु भइसकेको छ । कार्यक्रम तय देखि अहिले तीजसंग सम्वन्धित गीतमा धमाधम म्यूजिक भिडियो बन्ने क्रम बढेको छ ।
यसै सिलसिलामा मंगलबार एक हुल महिला लन्डन ब्रीजमा देखिए रातो साडी, ब्लाउज र गरगहनामा सजिएर । ति महिलाको आकर्षक पहिरनले विदेशीलाई झन् आकर्षित गरयो र त्यो दृश्य घुम्न आएका पर्यटकको क्यामेरामा कैद भए ।
केहीले त रातै पहिरनमा सजिएका महिलालाई कुन देशको र के प्रयोजन भन्दै जिज्ञासा समेत राखे । आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने गरि तीज गीतमा सुटिंग गरिएको यो सम्भवतः पहिलो भएको र यसले नेपालको कला संस्कृति प्रवर्धनमा समेत टेवा पुगेको म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठले बताए ।
बेलायत अल्डरसट निवासी लिला विश्वकर्माको शब्द र गायिका जिना रसाइलीको स्वर रहेको ‘तीजमा बरिलै…’ गीतमा भिडियो बनाइएको हो । भिडियोमा कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन एवं सुस्मिता थापाको नृत्य निर्देशन छ । गीतकी रचनाकार लिला विश्वकर्मा छायांकनकै क्रममा विदेशीले चासो राख्दा दंग देखिन्थिन् ।
यसअघि इन्डोर सुटिंग अल्डरसटको भेटघाट रेष्टुरेन्ट र उलवीच हिन्दू मन्दिरमा गरिएको थियो । भिडियोमा पण्डित निलहरि घिमिरे, शान्ति थापा कुंवर र प्रसुना कंडेल अतिथी भूमिकामा छन् भने अरु दर्जन बढि महिलाको अभिनय छ । भिडियो छायांकनका क्रममा सेट निर्माणका लागि नमस्कार इभेन्ट्सले विशेष सहयोग गरेको थियो । यसमा विष्णु ज्वेलर्सको समेत सहयोग छ ।
निर्देशक श्रेष्ठले म्यूजिक भिडियो केही दिनभित्रै रिलिज गरिने बताए ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन