
लन्डन, २६ असार । गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि अर्को यस्तै आगलागी भएको समाचार छ । लन्डनको क्याम्डेन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ । उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन् ।
उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ । सो बजार एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो ।
यहाँको आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० वटा अग्निनियन्त्रकले काम गरिरहेका छन् । त्यस्तै अरु सयौँ सैनिक खटाइएका छन् ।
उक्त बजारमा सयौँ पसले रहेकामा उनीहरुको अवस्थाका बारेमा खोजी जारी छ । ती पसलमा बिहानैदेखि चहल पहल हुने गर्दथ्यो ।
त्यसैले यहाँको मानवीय क्षतिको बारेमा पनि कुनै जानकारी दिइएको छैन । तर यस विषयमा जानकारी लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सोही बजारमा सन् २००८ मा पनि यस्तै भीषण आगलागी भएको थियो ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि