
लन्डन, २६ असार । गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लन्डन सहरमा सोमबार फेरि अर्को यस्तै आगलागी भएको समाचार छ । लन्डनको क्याम्डेन बजारमा यस्तै आगलागी सोमबार बिहानैदेखि जारी रहेको छ । उक्त बजारभित्र करिब एक हजार वटा पसल रहेका छन् ।
उक्त बजारमा सोमबार एका बिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ । सो बजार एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो ।
यहाँको आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० वटा अग्निनियन्त्रकले काम गरिरहेका छन् । त्यस्तै अरु सयौँ सैनिक खटाइएका छन् ।
उक्त बजारमा सयौँ पसले रहेकामा उनीहरुको अवस्थाका बारेमा खोजी जारी छ । ती पसलमा बिहानैदेखि चहल पहल हुने गर्दथ्यो ।
त्यसैले यहाँको मानवीय क्षतिको बारेमा पनि कुनै जानकारी दिइएको छैन । तर यस विषयमा जानकारी लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सोही बजारमा सन् २००८ मा पनि यस्तै भीषण आगलागी भएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार