लन्डन । बेलायतका नेपाली पण्डितहरूको साझा संस्था पशुपति केन्द्र लण्डनद्वारा आयोजित गुरु पूर्णिमा २०१७ गत आइतवार साउथहलस्थित विश्व हिन्दू मन्दिरमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट आउनु भएका देवघाट गलेश्वर पीठाधीश महामण्डलेश्वर अनन्त विभूषित स्वामी आत्मानन्द गिरीको विशेष सम्मान पश्चात् आशीर्वचनबाट कार्यक्रम अगाडि बढेको थियो । स्वामीलाई मन्दिरका पूजारीले तिलक लगाएर स्वागत गरेका थिए भने समाजसेवी महन्त श्रेष्ठले माला लगाएर अभिनन्दन गरे । संस्थाका कार्यवाहक संयोजक पं. गोविन्द नेपालले अभिनन्दन पत्र समर्पण गरेका थिए । मन्दिरका अध्यक्ष सुदर्शन भाटियाले दोसल्ला ओढाएर स्वामीको सम्मान गरे । कार्यक्रम सञ्चालन संस्थाका महासचिव दुर्गाप्रसाद पोख्रेलले गरेका थिए ।
स्वामी आत्मानन्द गिरीले अज्ञानको अन्धकार चिर्न गुरुको महत्वपूर्ण भूमिका हुने जनाउंदै आत्माको अमरत्व आदि विषयमा सारगर्वित प्रवचन दिनुभएको थियो । कार्यक्रममा प्रश्नोत्तर सत्र पनि समावेश गरिएको थियो र बिभिन्न भक्तका धार्मिक आध्यात्मिक जिज्ञासालाई स्वामीले समाधान गर्नु भएको थियो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले राजदूतावास एवं नेपाल सरकारको तर्फबाट सबैमा गुरु पूर्णिमाको शुभकामना दिए । कार्यक्रममा हालसालै व्रह्मलीन स्वामी १००८ रामानन्द गिरीको स्मृतिमा एक मिनेट शिव पञ्चाक्षरी मन्त्र सामूहिक पाठ गरिएको थियो ।
कार्यक्रममा लण्डनका समाजसेवी, विद्वान्, व्यवसायी गरी विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । दान दातव्यबाट उठेको करिब रू १ लाख पन्ध्र हजार (आठ सय पचास पाउण्ड) रकम गलेश्वर आश्रमका लागि पशुपति केन्द्र लण्डनको तर्फबाट संस्थाका पदाधिकारीहरूले स्वामीलाई प्रदान गरेका छन् । समारोहमा सामूहिक आरती पछि सात्विक प्रीति भोजको व्यवस्था पनि गरिएको थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने