लन्डन । बेलायतका नेपाली पण्डितहरूको साझा संस्था पशुपति केन्द्र लण्डनद्वारा आयोजित गुरु पूर्णिमा २०१७ गत आइतवार साउथहलस्थित विश्व हिन्दू मन्दिरमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालबाट आउनु भएका देवघाट गलेश्वर पीठाधीश महामण्डलेश्वर अनन्त विभूषित स्वामी आत्मानन्द गिरीको विशेष सम्मान पश्चात् आशीर्वचनबाट कार्यक्रम अगाडि बढेको थियो । स्वामीलाई मन्दिरका पूजारीले तिलक लगाएर स्वागत गरेका थिए भने समाजसेवी महन्त श्रेष्ठले माला लगाएर अभिनन्दन गरे । संस्थाका कार्यवाहक संयोजक पं. गोविन्द नेपालले अभिनन्दन पत्र समर्पण गरेका थिए । मन्दिरका अध्यक्ष सुदर्शन भाटियाले दोसल्ला ओढाएर स्वामीको सम्मान गरे । कार्यक्रम सञ्चालन संस्थाका महासचिव दुर्गाप्रसाद पोख्रेलले गरेका थिए ।
स्वामी आत्मानन्द गिरीले अज्ञानको अन्धकार चिर्न गुरुको महत्वपूर्ण भूमिका हुने जनाउंदै आत्माको अमरत्व आदि विषयमा सारगर्वित प्रवचन दिनुभएको थियो । कार्यक्रममा प्रश्नोत्तर सत्र पनि समावेश गरिएको थियो र बिभिन्न भक्तका धार्मिक आध्यात्मिक जिज्ञासालाई स्वामीले समाधान गर्नु भएको थियो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले राजदूतावास एवं नेपाल सरकारको तर्फबाट सबैमा गुरु पूर्णिमाको शुभकामना दिए । कार्यक्रममा हालसालै व्रह्मलीन स्वामी १००८ रामानन्द गिरीको स्मृतिमा एक मिनेट शिव पञ्चाक्षरी मन्त्र सामूहिक पाठ गरिएको थियो ।
कार्यक्रममा लण्डनका समाजसेवी, विद्वान्, व्यवसायी गरी विभिन्न स्थानबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । दान दातव्यबाट उठेको करिब रू १ लाख पन्ध्र हजार (आठ सय पचास पाउण्ड) रकम गलेश्वर आश्रमका लागि पशुपति केन्द्र लण्डनको तर्फबाट संस्थाका पदाधिकारीहरूले स्वामीलाई प्रदान गरेका छन् । समारोहमा सामूहिक आरती पछि सात्विक प्रीति भोजको व्यवस्था पनि गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण