लन्डन । बेजिङस्टोक नेप्लिज कम्युनिटीले गत ७ जुलाई शुक्रबार सांझ तनाव ब्यवस्थापनसम्बन्धि एउटा सेमिनार गरेको छ । सामाजिक महिला अभियन्ता सुधा गुरुङको पहलमा कार्यक्रम भएको हो ।
छात्रवृत्ति लिएर लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानवअधिकार विषयमा स्नातकोत्तर गर्न आएका कान्तिपुरका पत्रकार एवं मनोविज्ञ घनश्याम खड्काले सेमिनार गराएका हुन् । जीवनमा तनावमुक्त रहि कसरी खुशी रहन सकिन्छ ? भन्नेबारे सेमिनार गरिएको हो । लगभग ९० जना सहभागी उक्त कार्यक्रम सांझ दुई घण्टा चलेको थियो । सेमिनारमा मनोविज्ञ खड्काले तनाव हुनाको कारण र सोबाट मुक्त हुन विविध थेरापी र मेडिटेसन विधिबारे अवगत गराए ।
कम्युनिटीले व्यस्तता बाबजुद समय दिएकामा खड्काप्रति आभार व्यक्त गरेको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकमा कानुन बिट हेर्ने वरिष्ठ सह सम्पादक खड्काको मनोविज्ञान सम्वन्धि उपन्यास ‘निर्वाण’ २०७३ मा मदन पुरस्कार लागि मनोनित भएको थियो । ‘बेस्ट सेलर’ को उपाधि पाएको उनको सो कृति हाल अंग्रेजी भर्सनमा पनि प्रकाशित भइसकेको छ र अमाजोनमा किन्ड्ल भर्सनमा पनि उपलब्ध छ ।
पेशाले व्यवसायिक पत्रकार भए पनि बुद्धिज्मका अनुयायी खड्काको मनोविज्ञानतिर विशेष झुकाव छ । खड्काले नेपालमा पनि कयौं तनाव व्यवस्थापन सेमिनार र ‘काउन्सिलिङ’ गरिसकेका छन् । लिड्स युनिभर्सिटीमा समेत स्वयंसेवी रुपमा सो कार्य गर्दै आएको उनले बताए ।
१४० राष्ट्रका एक हजार ९ सय ५० जना स्कलर्समध्येबाट छानिएर लिड्स विश्वविद्यालय पढ्न आएका खड्का गत ५ जुलाइमा लन्डनको अलेक्जेन्डर हलमा आफूहरुको सम्मान तथा सामूहिक विदाई कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय मानवअधिकार विषयमा स्नातकोत्तर अध्ययन सफलता पूर्वक सम्पन्न गरी केहि महिना पछि खड्का नेपाल फर्कनेछन् ।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा