ह्यामवर्ग (जर्मनी), २५ असार । जर्मनीको ह्यामवर्गमा विश्वका शक्तिशाली तथा धनी मुलुकहरूको समूह जि–२० समूह राष्ट्रका नेताहरू जम्मा भै आतङ्कवाद,जलवायु परिवर्तन, विश्व व्यापार लगायतका बिषयमा छलफल गरिरहँदा जर्मनीमा सरकार विरोधी केही समूहले प्रदर्शन गर्ने क्रममा सम्भावित दुर्घटना हुनबाट जोगाउन तैनाद करिब ५०० सुरक्षाकर्मी घाइते भएका जर्मनीका सुरक्षा अधिकारीले आइतबार जनाएका छन् ।
जि–२० शिखर सम्मेलनमा सहभागी भै विश्व नेताहरू जर्मनीबाट फिर्ता भएपछिपनि आन्दोलन शान्त नबनेको अधिकारीले जनाएका छन् ।
जर्मनीमा वामपन्थी समूह सहितका केही समूह तीन दिनदेखि सडकमा विशाल प्रदर्शनकासाथ सरकार विरुद्ध नाराबाजी गर्ने क्रममा शनिबार पनि सम्मेलनको आयोजनास्थल रहेको स्कान्जेन जिल्लामा प्रदर्शन गर्ने आन्दोलनकारीले प्रहरीमाथि शिशाका बोतलले सडकमा गुडिरहेका गाडीमाथि आक्रमण गरेका र प्रहरीले उनीहरूलाई सडकबाट हटाउने क्रममा व्यापक बलको प्रयोग गरेको थियो ।
प्रदर्शनकारीतर्फ के कति घाइते बने भन्ने बिषयमा भने अझै विवरण प्राप्त नभएको बताइएको छ ।
स्कान्जेन क्षेत्र जर्मनीमा सक्रिय समाजवादी समूह (वामपन्थी) को पकड क्षेत्र हो ।
जर्मन राष्ट्रपति फ्रयान्क वाल्कर स्टन्मेयरले प्रदर्शनका क्रममा तोडफोड भएको क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँले उक्त अवसरमा घाइते अधिकारीलाई पनि भेट्नु भएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी