लन्डन । महंगो भन्दै आलोचना बढिरहंदा एनआरएनए यूकेको सदस्यता शुल्क २५ पाउण्ड नै कायम हुने भएको छ । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटमा बसेको अधिवेशन (सेप्टेम्बर ९) अघिको अन्तिम बैठकले निर्णय भइसकेको कुरामा पुनर्विचार नगर्ने निष्कर्ष निकालेको हो । यसले रहरै रहरमा सदस्यता बनाएर उम्मेदवार दावी गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्ने विश्वास गरिएको छ । यद्यपि, संघले सर्वसाधारणलाई आकर्षित भने गर्न नसक्ने कतिपयको चिन्ता छ ।
बैठकले सदस्यता लिने समायावधि बढाएर अगष्ट १४ सम्म गर्ने निर्णय गरेको अध्यक्ष मुछेत्र गुरुङले वीनेपालीलाई जानकारी दिए । यसअघि अगष्ट ७ सम्म सदस्यता लिने अन्तिम समयसीमा थियो । साथै
बैठकले अहिले रहेको अनलाइन मेम्बरसीपमा मात्र सिमित नगरि अब कागजी निवेदन (पेपर एप्लिकेसन) लाई समेत मान्यता दिने भएको छ ।
एनआरएनए यूके कार्यसमितिले फाराम भरि निवेदन दिइएका सदस्यता फाराम ग्रहण गरेर मेम्बरसीप कमिटीलाई बुझाउनेछ ।
बैठकमा एनआरएनए यूके पदाधिकारीहरु कार्यकाल छंदै विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूकेको नेतृत्वमा गएकाबारे लामो छलफल भएको थियो । बैठकले ति पदाधिकारीविरुद्ध अनुशासन समितिमा कसैले उजुरी गरे प्रक्रिया बढाइने निर्णय गरेको छ । अचम्म त प्रवासी नेपाली मञ्चमा निर्वाचित विजयविक्रम लिङदेन, दासु पाण्डे, हरि आचार्य, सुशिला राई र कृष्ण तिवारीले नैतिकता समेत ख्याल नगरि एकातिर पद छाड्न राजी भएनन् ।
यसैबीच संघले सांझ हङकङबाट आएका एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, एमाले केन्द्रिय नेताहरु डा. विजय पौडेल, डा. रमेश पौडेलसंग अन्तरक्रिया गरेको छ । उक्त अवसरमा एनआरएनए युरोप संयोजक कुल आचार्य, डा. हेमराज शर्मा लगायतको उपस्थिति थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो