लन्डन । महंगो भन्दै आलोचना बढिरहंदा एनआरएनए यूकेको सदस्यता शुल्क २५ पाउण्ड नै कायम हुने भएको छ । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटमा बसेको अधिवेशन (सेप्टेम्बर ९) अघिको अन्तिम बैठकले निर्णय भइसकेको कुरामा पुनर्विचार नगर्ने निष्कर्ष निकालेको हो । यसले रहरै रहरमा सदस्यता बनाएर उम्मेदवार दावी गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्ने विश्वास गरिएको छ । यद्यपि, संघले सर्वसाधारणलाई आकर्षित भने गर्न नसक्ने कतिपयको चिन्ता छ ।
बैठकले सदस्यता लिने समायावधि बढाएर अगष्ट १४ सम्म गर्ने निर्णय गरेको अध्यक्ष मुछेत्र गुरुङले वीनेपालीलाई जानकारी दिए । यसअघि अगष्ट ७ सम्म सदस्यता लिने अन्तिम समयसीमा थियो । साथै
बैठकले अहिले रहेको अनलाइन मेम्बरसीपमा मात्र सिमित नगरि अब कागजी निवेदन (पेपर एप्लिकेसन) लाई समेत मान्यता दिने भएको छ ।
एनआरएनए यूके कार्यसमितिले फाराम भरि निवेदन दिइएका सदस्यता फाराम ग्रहण गरेर मेम्बरसीप कमिटीलाई बुझाउनेछ ।
बैठकमा एनआरएनए यूके पदाधिकारीहरु कार्यकाल छंदै विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूकेको नेतृत्वमा गएकाबारे लामो छलफल भएको थियो । बैठकले ति पदाधिकारीविरुद्ध अनुशासन समितिमा कसैले उजुरी गरे प्रक्रिया बढाइने निर्णय गरेको छ । अचम्म त प्रवासी नेपाली मञ्चमा निर्वाचित विजयविक्रम लिङदेन, दासु पाण्डे, हरि आचार्य, सुशिला राई र कृष्ण तिवारीले नैतिकता समेत ख्याल नगरि एकातिर पद छाड्न राजी भएनन् ।
यसैबीच संघले सांझ हङकङबाट आएका एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, एमाले केन्द्रिय नेताहरु डा. विजय पौडेल, डा. रमेश पौडेलसंग अन्तरक्रिया गरेको छ । उक्त अवसरमा एनआरएनए युरोप संयोजक कुल आचार्य, डा. हेमराज शर्मा लगायतको उपस्थिति थियो ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने