
चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन चिनियाँ जनवादी क्रान्ति स्मृति संग्राहलयको अवलोकन भ्रमण गर्नुहुँदै । तस्बिर सौजन्य ः उपराष्ट्रपतिको कार्यालय-रासस
चीन, २४ असार । चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन सान्सी प्रान्तको यान्नानको भ्रमणमा हुनुहुन्छ ।
कान्सु प्रान्तको लान्चौमा आयोजित दुईवटा औपचारिक कार्यक्रमलाई छुट्टाछुट्टै सम्बोधन गर्नुभएका उपराष्ट्रपति पुन शनिबार लान्चौ न्यू एरियाबाट सियान हुँदै यान्नान पुग्नुभएको हो ।
उहाँले आज यान्नानमा रहेको चिनियाँ जनवादी क्रान्ति स्मृति संग्रहालय र जनवादी क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय रहेको स्थानको अवलोकन भ्रमण गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सङ्ग्रहालयमा चिनियाँ क्रान्तिको चरणमा माओत्सेतुङले प्रयोग गर्नुभएका सामग्री र चिनियाँ जनवादी क्रान्ति स्मरण गराउने सामग्री राखिएका छन् ।
माओत्सेतुङले यान्नानलाई आधार बनाएर चिनियाँ जनवादी क्रान्ति अगाडि बढाउनुभएको थियो । क्रान्तिताका चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय, शीर्ष नेताहरुको निवास भवन, माओत्सेतुङको पत्रपत्रिका पढ्ने स्थानलगायतका अवशेषहरु सुरक्षित राखिएका छन् ।
उपराष्ट्रपति पुनसँग शनिबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी ‘सिपिसी’ का सान्सी प्रान्तका स्थायी समिति सदस्य तथा यान्नान नगरका सेक्रेटरी शु शिनरोङले शिष्टाचार भेट गर्नुभयो ।
भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा सिपिसीका यान्नान नगर प्रमुख शिनरोङले माओत्सेतुङ हुनानमा जन्मे पनि माओ विचारधारा यान्नानबाट जन्मिएको बताउनुभयो । उहाँले आफूहरु नेपालसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
उपराष्ट्रपतिले आइतबार यान्नान प्यागोडा हिल र सियानको भ्रमण गर्नुहुनेछ । उहाँ सोमबार दिउँसो साताव्यापी चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुनेछ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी