ह्याम्बर्ग, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँको यो भ्रमण विवादास्पद भइरहेको थियो । उहाँ बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन ।
साथै उहाँले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्नुहुने समाचारमा जनाइएको छ ।
जर्मनीको ह्याम्बर्गमा जारी रहेको जी–२० को बैठकमा सहभागी हुन त्यहाँ रहनुभएका राष्ट्रपति राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिनुभएको हो ।
सो द्विपक्षीय वार्ताका क्रममा उहाँले भन्नुभयो ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो ।
उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।
तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उहाँले केही बताउनुभएन । उहाँले भन्नुभयो‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ ।’
यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो । पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन् ।
ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाउनुभएको छ । जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उहाँका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो ।
त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहनुभएको प्रश्न गर्ने गरिएको थियो । तर उहाँको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण