हम्बर्ग (जर्मनी), २३ असार । जर्मनीको हम्बर्गमा जी २० विरुद्ध प्रदर्शन गर्नेहरुले अमेरिकी प्रथम महिला मेलानी ट्रम्पलाई शुक्रबार उहाँको आबासगृहमै घेराबन्दीमा पारेका छन् ।
राजनीतिक नेताहरुका श्रीमतीहरुका लागि उत्तरी जर्मनीमा आयोजित छोटो एउटा कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको ट्रम्पका प्रवक्ताले जानकारी दिनुभयो ।
“हम्वर्गको प्रहरीले उहाँ बसेको आबास गृहबाट उनीहरुलाई सजिलैसँग हटाउन सकेन,” उहाँको प्रवक्ता स्टेफन ग्रिशामले भन्नुभयो ।
जलवायु केन्द्रमा जानुको सट्टा प्रथम महिलाहरु जलवायु बैज्ञानिकहरुको प्रस्तुतिका लागि हम्वर्ग होटल जाँदै हुनुुहुन्थ्यो ।
जर्मनीको समाचार संस्था डिपिएले ४७ बर्षीया ट्रम्प शुक्रबार अन्य भ्रमणहरुमा निस्कन पाउनु भएन ।
प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि रातभरी पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको देखिएको थियो । प्रदर्शनका क्रममा १५९ जना अधिकृतहरु र प्रदर्शनकारीहरु घाइते भएका छन् ।
प्रदर्शनकारीहरुको प्रदर्शन शुक्रबार विहानै देखि सुरु भएको थियो । कारहरुमा आगजनी गर्ने, झ्यालहरु तोडफोड गर्ने, प्रहरीको हेलिकोप्टरमा आगो फाल्ने र क्यानडाका सहभागीको कारमा धम्की दिने लगायतका कार्य प्रदर्शनकारीहरुले गरेका थिए ।
प्रदर्शनकारी र प्रहरीले कुकुर र विरालो झै लुकामारी गर्दै अवरोध तथा सुरक्षा प्रदान गर्ने काम गरिरहेका थिए र नेताहरुलाई सम्मेलन स्थलमा पुग्न रोकीरहेका थिए ।
शुक्रबार मात्रै सुरु भएको दुई दिने सम्मेलनका लागि झण्डै २० हजार प्रहरी अधिकृतहरु खटाइएको थियो । उनीहरुसँग हेलिकोप्टर, पानीको फोहोरा हान्ने ट्रक र निगरानी गर्ने ड्रोनहरु पनि रहेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ