बर्लिन (जर्मनी), २३ असार । जी–२० सम्मेलनको आयोजक राष्ट्र जर्मनीका चान्सलर एङगेला मर्केलले यही जुलाई ७ र ८ गते हुने सम्मेलनको पहिलो एजेन्डा आतङ्कवाद विरुद्धको लडाईंलाई बनाउदै सम्मेलनको शुरुवात हुने भएको मर्केलका प्रवक्ता स्टेफेन सेवर्टले कार्यक्रम तालिकामा जनाइएको बताउनु भएको छ ।
सम्मेलनमा मर्केलले जर्मनीको ह्यामवर्ग शहरको मेस्सहोलेन कम्प्लेक्समा जी–२० सदस्य राष्ट्रका राष्ट्रप्रमुखलाई औपचारिक स्वागत गर्दै स्वागत गरिने छ । सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्व नेता ह्यामवर्ग आउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीको ह्यामवर्गमा जी–२० सम्मेलनको शिलशिलामा शुक्रबार भेट भएको छ ।
मर्केलको स्वागत सम्बोधनपछि शुक्रबार करिब साढे दुई घण्टा पहिलो कार्यसूचीमथि विश्व नेताहरूबीच आतङ्कवाद विरुद्धको सङ्घर्षका लागि निकट वातावरणमा रहेर छलफल हुनेछ । छलफलका अन्य प्रमुख बिषय विश्वव्यापी प्रगति र व्यापार, दीगो विकास, जलवायु परिवर्तन र उर्जा रहने पनि मर्केलका प्रवक्ता स्टेफेनले बताउनुभयो ।
यसैबीच प्रस्तुत कार्यपत्रमा अन्य मुलुकले सामान्य सहमति जनाइसकेका भएपनि तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले शुक्रबार दिवाभोजपछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने तर जलवायु परिवर्तन, दीगो विकास र उर्जाबारे हुने छलफलमा सरिक नहुने बताउनुभएको छ ।
ट्रम्पले आफू जलवायु परिवर्तनका बिषयमा एक्लिए पनि विश्व समुदायलाई भने निकटमा आउन सहयोग गरेको जर्मनीका वातावरण मन्त्री बारबारा हेनरिक्सले विश्वास व्यक्त गर्नुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल