फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटी र स्थानीय रसमोर बरो काउन्सिलको संयुक्त पहलमा नेपाली समुदायका अग्रजहरुलाई हाउजिङ सम्बन्धि अनुशिक्षण तालिम दिइएको छ ।
रसमोर बरो काउन्सिल प्रागंणमा ०६ जुलाई २०१७ मा सम्पन्न हाउजिङ सम्बन्धि तालिममा घरधनी र भाडामा लिनेका हक अधिकार, कर्तब्य साथै सोही विषयको कानुनबारे जानकारी गराइएको थियो ।
उक्त अनुशिक्षणमा काउन्सिलका कम्युनिटी डेभलपमेन्ट मेनेजर लुइस वेभर, रसमोर हाउजिङका हिलारी स्मिथ अनि टिम, शिला लिम्बु, ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरुले सहयोग गरेका थिए ।
२५ जना नेपाली नेतृत्व वर्गको सहभागिता रहेको उक्त कार्यक्रमको दोश्रो चरणमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका काउन्सिल संयोजक नेम थापाको पहलमा हयाम्सायर काउण्टी काउन्सिल लोकल फ्री ड्रग्स एण्ड अल्कोहल सर्भिसका माइक न्यूमेन र उनको टिमले ड्रग्स एण्ड अल्कोहल एब्यूज र यसबाट समुदायका बालबालिका, युवा एवं वृद्धवृद्धाहरु समेतमा पर्न जाने नकारात्मक असर तथा निराकरणका उपाय विषयमा तालिम दिइएको थियो । यस विषयमा ग्रेटर रसमोर नेपाली कम्युनिटीसंगको सहकार्यमा निरन्तर तालिम दिइने नेम थापाले बताए ।
गत वर्षदेखि नेपाली समुदायलाई बेलायती संस्कार, रहनसहन, नियम कानुनलगायत जीवन जिउने कला सम्बन्धि जानकारी दिन थालिएको हो । नेपाली र स्थानीय समुदायबीच सकारात्मक र पारस्पारिकता विकास गर्ने उद्देश्यकासाथ हरेक तीन महिनामा कुनै एक विधामा केन्द्रित रही नेपाली नेतृत्व वर्गलाई रसमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा अनुशिक्षण तालिम दिन शुरु गरिएको कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले जानकारी दिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ