फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटी र स्थानीय रसमोर बरो काउन्सिलको संयुक्त पहलमा नेपाली समुदायका अग्रजहरुलाई हाउजिङ सम्बन्धि अनुशिक्षण तालिम दिइएको छ ।
रसमोर बरो काउन्सिल प्रागंणमा ०६ जुलाई २०१७ मा सम्पन्न हाउजिङ सम्बन्धि तालिममा घरधनी र भाडामा लिनेका हक अधिकार, कर्तब्य साथै सोही विषयको कानुनबारे जानकारी गराइएको थियो ।
उक्त अनुशिक्षणमा काउन्सिलका कम्युनिटी डेभलपमेन्ट मेनेजर लुइस वेभर, रसमोर हाउजिङका हिलारी स्मिथ अनि टिम, शिला लिम्बु, ग्रेटर रसमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, सम्पूर्ण पदाधिकारी र सल्लाहकारहरुले सहयोग गरेका थिए ।
२५ जना नेपाली नेतृत्व वर्गको सहभागिता रहेको उक्त कार्यक्रमको दोश्रो चरणमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका काउन्सिल संयोजक नेम थापाको पहलमा हयाम्सायर काउण्टी काउन्सिल लोकल फ्री ड्रग्स एण्ड अल्कोहल सर्भिसका माइक न्यूमेन र उनको टिमले ड्रग्स एण्ड अल्कोहल एब्यूज र यसबाट समुदायका बालबालिका, युवा एवं वृद्धवृद्धाहरु समेतमा पर्न जाने नकारात्मक असर तथा निराकरणका उपाय विषयमा तालिम दिइएको थियो । यस विषयमा ग्रेटर रसमोर नेपाली कम्युनिटीसंगको सहकार्यमा निरन्तर तालिम दिइने नेम थापाले बताए ।
गत वर्षदेखि नेपाली समुदायलाई बेलायती संस्कार, रहनसहन, नियम कानुनलगायत जीवन जिउने कला सम्बन्धि जानकारी दिन थालिएको हो । नेपाली र स्थानीय समुदायबीच सकारात्मक र पारस्पारिकता विकास गर्ने उद्देश्यकासाथ हरेक तीन महिनामा कुनै एक विधामा केन्द्रित रही नेपाली नेतृत्व वर्गलाई रसमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा अनुशिक्षण तालिम दिन शुरु गरिएको कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले जानकारी दिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी