
इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहुका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (बाया) । तस्विर सिन्हवा
तेल अभिव (इजरायल), २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको २५ औँ वर्ष पुगेको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन तेल अभिव आउनुभएको छ ।
भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा हुने प्रधानमन्त्री मोदीको भ्रमण यसअघि सुमधुर रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहनेछ ।
भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहु इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
इजरायली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको तीनदिने भ्रमणका समयभर हुने कार्यक्रममा सँगै रहनु हुनेछ ।
कूटनीतिक शिष्टाचारका लागि इजरायलले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर आवश्यक सबै व्यवस्था भएको र यसले भ्रमणको महत्व पुष्टि गर्ने इजरायली अधिकारीले बताएका छन् ।
शीतयुद्धताका प्यालेस्टाइनको पक्षमा झुकाव राखेको भारतले इजरायलसँग यसअघि खुला सम्बन्ध देखाउने गरेको थिएन ।
तर यस शताब्दीको विगत २५ वर्ष यता दुई राष्ट्रबीच उच्च प्रविधि र प्रतिरक्षाका विषयमा निकट सम्बन्ध रहँदै आएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना इजरायली समकक्षी नेतन्याहु, प्राविधिक कम्पनीका प्रमुख अधिकारी र भारतीयमुलका यहुदी धर्मावम्बीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ ।
उहाँको भ्रमणमा प्यालेस्टिनी कुनै अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छैन ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह