
इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहुका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (बाया) । तस्विर सिन्हवा
तेल अभिव (इजरायल), २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापना भएको २५ औँ वर्ष पुगेको अवसरमा आयोजना हुने समारोहमा सहभागी हुन तेल अभिव आउनुभएको छ ।
भारत–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको २५ औँ वर्ष पुगेको अवसरमा हुने प्रधानमन्त्री मोदीको भ्रमण यसअघि सुमधुर रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहनेछ ।
भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहु इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
इजरायली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको तीनदिने भ्रमणका समयभर हुने कार्यक्रममा सँगै रहनु हुनेछ ।
कूटनीतिक शिष्टाचारका लागि इजरायलले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा अन्तर्राष्ट्रिय कानुनी परिधिभित्र रहेर आवश्यक सबै व्यवस्था भएको र यसले भ्रमणको महत्व पुष्टि गर्ने इजरायली अधिकारीले बताएका छन् ।
शीतयुद्धताका प्यालेस्टाइनको पक्षमा झुकाव राखेको भारतले इजरायलसँग यसअघि खुला सम्बन्ध देखाउने गरेको थिएन ।
तर यस शताब्दीको विगत २५ वर्ष यता दुई राष्ट्रबीच उच्च प्रविधि र प्रतिरक्षाका विषयमा निकट सम्बन्ध रहँदै आएको छ ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफ्ना इजरायली समकक्षी नेतन्याहु, प्राविधिक कम्पनीका प्रमुख अधिकारी र भारतीयमुलका यहुदी धर्मावम्बीसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ ।
उहाँको भ्रमणमा प्यालेस्टिनी कुनै अधिकारीसँग भेट्ने कार्यक्रम रहेको छैन ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल