दुबई (यूएई), २० असार । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायदले खाडी मुलुक कतारले आतङ्कवादलाई सहयोग गर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न अनिच्छुक देखिएको मङ्गलबार बताउनुभएको छ ।
यूएईका उच्च कूटनीतिज्ञ शेख अब्दुल्लाहले राजधानी आबुधाबीमा एक पत्रकार सम्मेलन गर्दै कतार आफ्नो पुरानो अडानबाट पछि हट्न अनिच्छुक देखिएको बताउनुभएको यूएईको ‘द नेसनल’ दैनिक पत्रिकाले बताएको छ ।
कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित सोमबार कुवेत आउनुभएको छ । उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेको थियो ।
सोमबारसम्ममा कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले तयार पारेको कतारको आधिकारिक जवाफ लिएर कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरसँग भेट्न कुवेत पुग्नुभएको थियो ।
खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आउनुभएको छ ।
यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको छ ।
गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो ।
यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।
उक्त अवसरमा साउदी नेतृत्वमा खाडीका चार मुलुक यूएई, साउदी अरब, बहराइन र इजिप्टले राखेका अलजजिरा टेलिभिजन सेवा बन्द गर्ने, कतारमा टर्कीको सैनिक शिविर उपस्थिति र इरानसँगको सम्बन्ध तोड्नुपर्नेलगायतका १३ विभिन्न माग कतारसँगको कूटनीतिक सम्बन्ध कामय राख्न सकिने सर्तका रुपमा अघि सारेका छन् ।
कतारसँग मध्यस्थता गरिरहेको यूएईद्वारा मागबारे कुनै प्रतिक्रिया आइसकेको छैन ।
साउदी अरबलगायतका चार खाडी मुलुकले यदि कतार आफ्ना मागप्रति सुधारिएर नआए कतारले थप नाकाबन्दीको सामना गर्नुपर्ने जनाएका छन् ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण