शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: १५:०५ | UK Time: 10:20

दक्षिण जर्मनीको दुर्घटनामा १८ को मृत्यु, तीस गम्भीर घाइते

वीनेपाली
२०७४ असार १९ गते १९:४०

तस्विरः एपी

बर्लिन (जर्मनी), १९ असार । जर्मनीमा सोमबार पर्यटक चढेको बस र ट्रक एकआपसमा ठक्कर खाँदा कम्तिमा १८ जनाको मृत्यु भएको जर्मन प्रहरीले ट्वीटर गरी जनाएको छ ।

प्रहरीको प्रारम्भिक रिपोर्टमा बस र ट्रक जुधेपछि बसमा आगो लाग्दा भएको दुखद् घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका बताइएको छ ।

प्रहरी प्रवक्ताले जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटना भएको जनाएका छन् । बसको अन्तिम कहाँका लागि थियो र पर्यटक कुन ठाँउका थिए भन्ने समाचार तयारपार्दासम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक