बेइजिङ, १२ असार । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ ।
सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्काे रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।
चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट यो सेवाको प्रारम्भ गरेको हो । चीनको नयाँ पुस्ताको यो रेल सेवाको नाम फक्सिङ दिइएको छ । चिनियाँ सञ्चारमाध्यमले सोमबार फक्सिङले सेवा सुरु गरेको समाचार दिएका छन् ।
यो रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति ३५० किलोमिटर रहेको छ । यो नै विश्वकै अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा हो ।
यो रेलमा स्वचालित गति नियन्त्रणको व्यवस्था मिलाइएको छ । स्वाचालित रुपमा यसले गति निर्धारण गर्ने, दुर्घटना हुनसक्ने वा आकस्मिक अवस्था आयोभने यसले आफै नै गति सीमित गर्ने प्राविधिक व्यवस्था यसमा रहेको छ ।
चाइना रेलवे कर्पाेरेसनका सञ्चालक लु दोङफूले भन्नभयो– यस रेलसेवाको सुरुवातले चीनको आर्थिक र सामाजिक विकासमा ठूलो भूमिका निर्वाह गर्नसक्ने धारणा राख्नुभयो ।
चीनमा रेलसेवा यहाँको यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दाे रेलसेवाका रुपमा लिइन्छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल छ ।
सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल