बेइजिङ, ११ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ । उहाँले यसैहप्ता हङ्कङ भ्रमण गर्न लाग्नुभएको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका छन् ।
हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उहाँ त्यहाँ जान लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।
आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ । सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लाग्नुभएको पुष्टि आइतबार भएको हो ।
उहाँले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका थिएनन् । तर उक्त समारोहमा राष्ट्रपति सि उपस्थित हुनसक्ने सम्भावनाको समाचार यसअघि नै आएको थियो ।
उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो । चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उहाँको हङ्कङ भ्रमण निश्चित भएको आइतबार जनाएको छ ।
हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ ।
यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण नगर्न पनि सक्नुहुनेछ भन्ने अनुमान पनि गरिएको थियो । तर आज सिन्ह्वाले नै सो समाचार सार्वजनिक गरेको छ ।
हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर ठूलो सङ्ख्याका नागरिकले प्रदर्शनको तयारी गरेका हङकङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसैले पनि उहाँको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन् । त्यसको तयारी भइरहेको हङ्कङबाट प्राप्त समाचारमा जनाइएको छ ।
हङकङको पाँचौ प्रशासकीय क्षेत्र उद्घाटनको विशेष अवसरमा पनि उहाँ उपस्थित हुनुहुने चिनियाँ समााचार समितिले जानकारी दिएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल