इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२३ जनाको जलेर मृत्यु भएको छ ।
पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा. अरुन्जेबले सो जानकारी दिनुभएको छ ।
उहाँले उक्त आगलागीका कारण ज्यान जानेको सङ्ख्या १२३ पुगेको पुष्टि गर्नुभएको छ । साथै उक्त बहालपुर जिल्लाका विभिन्न अस्पतालमा गरी १०० जनाभन्दा बढी व्यक्ति घाइते रहेका पनि उहाँले पुष्टि गर्नुभएको छ ।
बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।
सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो ।
सयौँको सङ्ख्यामा जम्मा भएर नागरिकले तेल उठाउदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो । आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन् ।
सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्ने बारेमा पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।
स्थानीय दमकल विभागका एकजना कर्मचारीले सो दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन् । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकोले बस्तीमा भने आगोको असर केही परेको छैन ।
तर त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएका छन् । अधिकांश ती सवारी साधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी