ब्रसेल्स, ९ असार । युरोपियन युनियन (इयू) ले बेलायतको इयूबाट हुने बहिर्गमनपछि पनि बेलायत र इयू सदस्य राष्ट्रका नागरिकको पूर्ण अधिकार प्रत्याभुत भएको देख्न चाहेको इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ । नागरिकको अधिकार ब्रेक्जिट प्रक्रियाको छलफलको पहिलो प्राथमिकता रहेको र इयू सदस्य २७ राष्ट्रका तर्फबाट यस बिषयमा प्रस्ट धारणा राखेको तर बेलायतको धारणा अपेक्षाभन्दा साह्रै न्यून मात्रामा आएको टस्कले बताउनुभयो ।
ब्रेक्जिट प्रक्रियाका बिषयमा छलफल गर्न बोलाइएको इयूका नेतावीच भएको दुई दिन लामो ब्रसेल्स भेलापछि बोल्दै आफ्ना नागरिकको अवस्था थप नराम्रो हुनसक्ने देखिएको उहाँको भनाइ थियो ।
‘यो कुरा निश्चत छ कि ब्रेक्जिटको असर नागरिकको अधिकारका क्षेत्रमा नकारात्मक पर्ने र हाम्रो भूमिका भनेको यस्ता नकारात्मक असर घटाउने पहलमा हो तर दुर्भाग्यवस नतिजा उद्देश्य विपरित आउनसक्ने बेलायतको प्रस्तावपछि देखिएको छ’, उहाँले थप्नुभयो- ‘पहिलो प्रयास भएपनि यदि हामीले त्यसलाई तुलना गर्ने हो भने नागरिकको अधिकारको वर्तमान अवस्था घटेर जाने देखियो, यो इयूलाई स्वीकार्य छैन ।’
बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो देशमा बसोबास गर्दै आएका वा अस्थायी रूपमा काम गरिरहेका इयू सदस्य राष्ट्रका जनताको भविष्य सुरक्षित गरिने आश्वासन गराउनुभएको थियो । मेले सम्मेलनमा कोही पनि बेलायत छोडेर फर्किनु नपर्ने र बेलायतको इयूबाट हुने बहिर्गमनका कारण परिवार छुिट्टएको देख्नु नपर्ने बताउनुभएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल