ब्रसेल्स, ९ असार । युरोपियन युनियन (इयू) ले बेलायतको इयूबाट हुने बहिर्गमनपछि पनि बेलायत र इयू सदस्य राष्ट्रका नागरिकको पूर्ण अधिकार प्रत्याभुत भएको देख्न चाहेको इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ । नागरिकको अधिकार ब्रेक्जिट प्रक्रियाको छलफलको पहिलो प्राथमिकता रहेको र इयू सदस्य २७ राष्ट्रका तर्फबाट यस बिषयमा प्रस्ट धारणा राखेको तर बेलायतको धारणा अपेक्षाभन्दा साह्रै न्यून मात्रामा आएको टस्कले बताउनुभयो ।
ब्रेक्जिट प्रक्रियाका बिषयमा छलफल गर्न बोलाइएको इयूका नेतावीच भएको दुई दिन लामो ब्रसेल्स भेलापछि बोल्दै आफ्ना नागरिकको अवस्था थप नराम्रो हुनसक्ने देखिएको उहाँको भनाइ थियो ।
‘यो कुरा निश्चत छ कि ब्रेक्जिटको असर नागरिकको अधिकारका क्षेत्रमा नकारात्मक पर्ने र हाम्रो भूमिका भनेको यस्ता नकारात्मक असर घटाउने पहलमा हो तर दुर्भाग्यवस नतिजा उद्देश्य विपरित आउनसक्ने बेलायतको प्रस्तावपछि देखिएको छ’, उहाँले थप्नुभयो- ‘पहिलो प्रयास भएपनि यदि हामीले त्यसलाई तुलना गर्ने हो भने नागरिकको अधिकारको वर्तमान अवस्था घटेर जाने देखियो, यो इयूलाई स्वीकार्य छैन ।’
बेलायती प्रधानमन्त्री टेरेजा मेले आफ्नो देशमा बसोबास गर्दै आएका वा अस्थायी रूपमा काम गरिरहेका इयू सदस्य राष्ट्रका जनताको भविष्य सुरक्षित गरिने आश्वासन गराउनुभएको थियो । मेले सम्मेलनमा कोही पनि बेलायत छोडेर फर्किनु नपर्ने र बेलायतको इयूबाट हुने बहिर्गमनका कारण परिवार छुिट्टएको देख्नु नपर्ने बताउनुभएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी