लास्कार घा, (अफगानिस्तान), ८ असार । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।
यस घटनामा परी अरु दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।
आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन् ।
रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाईनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ ।
“आज भएको कारबम आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएका र ५८ जना घाइते भएका छन्,” प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीले गरेको छ ।
मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका सहितका आम नागरिक रहेका छन् । सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ ।
घटनास्थल लास्कार घा अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी हो ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण