लास्कार घा, (अफगानिस्तान), ८ असार । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।
यस घटनामा परी अरु दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।
आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन् ।
रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाईनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ ।
“आज भएको कारबम आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएका र ५८ जना घाइते भएका छन्,” प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीले गरेको छ ।
मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका सहितका आम नागरिक रहेका छन् । सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ ।
घटनास्थल लास्कार घा अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी हो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल