नयाँ दिल्ली, ८ असार । भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवार सम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि अर्थात् गत सोमबार नै घोषणा गरेको थियो ।
भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पाँच बर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो ।
भारतीय श्रोतले दिएको जानकारी अनुसार उम्मेदबारी दर्ता गरेका मध्ये कोहीपनि राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन् । उनीहरु सवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
उम्मेदबारी दिएका मध्ये दुई जनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएको जनाइएको छ ।
भारतीय जनता पार्टीले आफु नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आगामी राष्ट्रपतिका लागि ७१ बर्षीय रामनाथ कोभिन्डलाई गत सोमबार नै उम्मेदबार बनाएको थियो ।
कोभिन्ड दुई पटकसम्म सांसद भइसक्नु भएको छ भने अहिले पूर्वी राज्य विहारका गभर्नर हुनुहुन्छ ।
यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति हुनु भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हाल्नु भएको थियो । कोभिन्ड निर्वाचित हुनुभयो भने उहाँ भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ ।
भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तिमा ३५ बर्ष नाघेको हुनु पर्ने ब्यवस्था छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रिय र प्रदेश संसदका सांसदहरूले मतदान गर्ने व्यवस्था छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]